समाचार
मजदुर संगठनले गरे,श्रम तथा राेजगार कार्यालयमा शान्तिपूर्ण धर्ना

माघ १५, मंगलबार २०८१
काठमाडौ । श्रम तथा राेजगार कार्यालय टेकुमा विभिन्न माग राख्दै श्रमिक संगठनहरुले शान्तिपूर्ण धर्ना तथा विराेध कार्यक्रम गरेका छन् ।
आज( मंगलबार) एक कार्यक्रम आयोजना गरि,श्रमिक माथि हुने अन्याय ,अत्याचार, कामबाट निस्कासन र श्रम शाेषण लगायतका उजुरी र मुद्दामा श्रम तथा राेजगार कार्यालयले ढिला-सुस्ती गरेकोले त्यसकाे विराेध स्वरुप संयुक्त धर्ना आयाेजना गरिएकाे नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले टुकी नेटवर्कलाई जानकारी दिनु भयो ।
श्रम अदालतले निर्णय कार्यान्वयनमा ढिला सुस्ती गरेकाे भन्दै श्रमिकहरुले कार्यालय अगाडि विभिन्न नारा लेखिएको प्लेकार्ड बाेकेर विराेध जनाएका हुन्। धर्नामा सहभागीहरुले मनमाेहनका श्रमिकलाई न्याय दे, निर्णय कार्यान्वयन नगर्ने ठेकेदारलाई कार्वाही गर, १७ महिनादेखि न्यायबाट बन्चित हरि मैनालीकाे निर्णय कार्यान्वयन गर्,लगायतका नारा लेखिएको व्यानर र प्लेकार्ड लिएर बसेका थिए। साथै श्रमिकहरुले राेजगारदाता कम्पनी र प्रशासन विरुद्ध नारा जुलुस गरेको थिए। श्रम तथा राेजगार कार्यालय टेकु,आफैले गरेका निर्णय कार्यान्वयन गर्न दबाब दिने उदेश्यले शान्तिपूर्ण धर्ना कार्यक्रम राखिएको श्रमिक संगठनका नेताहरुले बताएका छन् ।
श्रमिकको मुद्दालाई बेवास्ता गर्दै व्यवस्थापनकाे पक्षमा श्रम कार्यालयले निर्णय गर्ने गरे श्रमिक नेता कार्कीले आराेप लगाउनु भएको छ। उहाँले भन्नुभयो ,`कार्यालयले आदेश गरेको निर्णय ढिला-सुस्ती गर्दै व्यवस्थामुखी हुने गरेको छ। श्रम कार्यालयले गरेका कतिपय निर्णय पनि श्रमिकको पक्षमा भएका छैनन् । श्रमिक ,व्यवस्थापक र श्रम कार्यालयले विषय बस्तु माथि छलफल गर्ने तर अप्रत्यक्ष रुपमा श्रमिकलाई डर धम्की दिने कार्य भइरहेको उहाँको तर्क छ।
उक्त शान्तिपूर्ण धर्नामा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठन ,नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियन र नेपाल एकीकृत हाेटल ,क्यासिनाे तथा रेष्टुरेन्ट व्यवसायी युनियनले उपस्थित जनाएका थिए।
श्रम कार्यालय र व्यवस्थापन बीच मिलेभगतमा काम हुने गरेको स्विकार गर्दै धर्ना मार्फत ,`निर्णय रअदालती फैसला कार्यान्वयन गर्न, श्रम निरिक्षण प्रणाली कार्यान्वयन गराउन ,न्याय निरुपण ढिला सुस्ती हटाउन माग गरिनुका साथै श्रमिकलाई दु:ख दिने कर्मचारीलाई कार्वाहीकाे दायरामा ल्याउन जाेडदार माग गरिएकाे बताइएको छ।
नेपाल आउटसाेर्स श्रमिक ट्रेड यूनियनका महासचिवका वेद प्रसाद हुमागाँईका अनुसार,आजको शान्तिपूर्ण धर्नाले प्रशासनलाई सचेत गराएको हौं। अब कार्यालयले छलफलकाे निम्ति बाेलाउनु पर्छ । सुझबुझ सहित श्रम कार्यालय र व्यबस्थापन पक्ष नसुर्धि्ए चरणबद्द आन्दोलन गर्ने चेतावनी महासचिव हुमागाँईले दिनु भएको छ।

