समाचार
नेकपा एस पाँचखाल नगरपालिकाकाे अधिबेशनबाट रामशरण दुलाल अध्यक्षमा सर्वसहमत चयन

माघ,१३ आइतबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी)काभ्रे जिल्ला पाँचखाल नगरपालिकाकाे नगर अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिबेशनबाट रामशरण दुलालको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको छ।
उपाध्यक्षमा कृष्णबहादुर दनुवार ,सचिव कृष्णबहादुर श्रेष्ठ , सहसचिव सम्झना ढुङ्गाना र अरुण बानियाँ चयन हुनुभएको छ। अन्य सदस्यहरु सहित ५१ सदस्यीय नगर कमिटी चयन गरिएको काभ्रे जिल्ला कमिटी सचिव गाेकुल गौतमले जानकारी दिनु भयो ।
कार्यक्रमकाे अध्यक्षता पार्टी केन्द्रीय सचिव तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भूषालले गर्नु भएको थियो । विषेश अतिथिमा पूर्व मन्त्री तथा पार्टी पाेलिटब्युराे सदस्य लक्ष्मण लम्साल, केन्द्रीय सदस्यद्वय पासाङ ढाेल्माे तामाङ र यसु लामा,काभ्रे जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाँई,सचिव गाेकुल गौतम, जिल्ला कमिटी सदस्य रवीन्द्र सिपखान,युवा संघ नेपाल काभ्रेका अध्यक्ष शिवराम दाहाल, रिटनिङ नेपालका जिल्ला अध्यक्ष तथा जिल्ला कमिटी सदस्य पुरसाेत्ताम आचार्य लगायतका नेताहरु कार्यक्रममा सहभागी हुनु भएको थियो।कार्यक्रममा स्थानीय, नेता कार्यकर्ताहरुकाे व्यापक उपस्थिति थियो ।
