समाचार

नेपालमा आमा खोज्दै स्विस नागरिक !

विराटनगर । धर्मपुुत्रको रूपमा स्विट्जरल्यान्ड पुुगेका नेपाली मूलका स्विस नागरिक ३९ वर्षपछि आमा खोज्दै विराटनगर आएका छन् । सन् १९८० मा धर्मपुुत्रको रूपमा स्विट्जरल्यान्ड पुुगेका ३९ वर्षीय राजुु स्वइजर आमा रूपा राईलाई खोज्दै विराटनगर आएका हुुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

स्विस नागरिक हेम स्वइजर र उनकी पति भेटा स्वइजर केलरले राजुुलाई धर्मपुुत्रको रूपमा स्विट्जरल्यान्ड लगेका थिए । त्यतिखेर राजुुको उमेर ६ महिनाको थियो । विराटनगरका वृद्धाश्रम, अनाथालयलगायत विभिन्न ठाउँमा खोजी गरे पनि आमा नभिटिएको उनले सुुनाए ।

भारतको सिलिगडीमा स्विस नागरिकलाई धर्मपुुत्रको रूपमा आफूलाई जिम्मा लगाएर पूर्वी नेपालको कुुनै ठाउँमा रहेको दिदीको घरमा आमा बस्न थालेको उनको भनाइ छ । त्यहि अनुुमानमा उनी आमा खोज्दै विराटनगर आएका हुुन् । ६ महिनाको हुँदा धर्मपुुत्र भएर विदेश जानुु परेकाले आफ्नो आफन्त इस्टमित्र कहाँ को को छन् थाहा नभएको उनको भनाइ छ । अनुुहार रंग रूप नेपालीजस्तो देखिए पनि राजुु नेपाली बोल्न जान्दैनन् । पासर्पोटमा उनको नाम राजुु स्वइजर छ ।

आमा खोज्दै उनी जिल्ला प्रशासन कार्यालय मोरङमा समेत पुुगेका छन् । रुपा राईको नाममा बनेका सबै नागरिकताको फोटो हेरेर आमालाई चिन्ने प्रयाससमेत उनले गरे । मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी चन्द्रकला ओलीले मोरङमा रुपा राईको नाम गरेका १० जनाले नागरिकता लिएको पाइएको र उनको आमाको उमेरसँग मेलखाने एक जना रुपा राईले देखिएको बताइन् । राजुुको आमा खोज्नका लागि जिल्ला प्रशासन कार्यालयबाट हुुन सक्ने सबै सहयोग गरिरहेको पनि सहायक प्रजिअ ओलीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *