समाचार

माघ १५ गते, श्रम कार्यालयमा विभिन्न माग राख्दै श्रमिक संगठनहरुले संयुक्तरूपमा धर्ना दिने

माघ१२ शनिवार ,२०८१
काठमाडौ । श्रम तथा राेजगार कार्यालय टेकुले, श्रमिक माथि गर्ने विभिन्न अपमानजनक ब्यबहार विरुद्ध, श्रमिक संगठनहरुले श्रम कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम राखेका छन् ।

श्रमिक माथि हुने अन्याय ,अत्याचार, कामबाट निस्कासन र श्रम शाेषण लगायतका उजुरी र मुद्दामा श्रम तथा राेजगार कार्यालयले ढिला-सुस्ती गर्ने गरेकोले आगामी माघ १५ गते श्रम कार्यालय टेकुमा संयुक्त धर्ना कार्यक्रम आयाेजना गर्न लागिएको नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका महासचिव वेद प्रसाद हुमागाँईले टुकी नेटवर्कलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार, `माघ १५ गते बिहान १० बजे देखि श्रम तथा राेजगार कार्यालय टेकुमा, कार्यालय आफैले गरेका निर्णय कार्यान्वयन गर्न दबाब दिने उदेश्यले शान्तिपूर्ण धर्ना कार्यक्रम राखिएको हो । श्रमिकको विषयमा श्रम कार्यालयले गर्ने निर्णय र ढिलासुस्ती व्यवस्थामुखी हुने गरेको छ। श्रम कार्यालयले गरेका कतिपय निर्णय पनि श्रमिकको पक्षमा नहुने उहाँको आराेप छ। श्रमिक ,व्यवस्थापन र श्रम कार्यालयले विषय बस्तु माथि छलफल गर्ने तर अप्रत्यक्ष रुपमा श्रमिकलाई डर धम्की दिने कार्य भइरहेको उहाँको तर्क छ।

नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठन ,नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियन र नेपाल एकीकृत हाेटल ,क्यासिनाे तथा रेष्टुरेन्ट व्यवसायी युनियनले संयुक्तरूपमा धर्ना दिने छन् ।

श्रम कार्यालय र व्यवस्थापन बीच मिलेभगतमा काम हुने गरेको स्विकार गर्दै धर्ना मार्फत ,`निर्णय रअदालती फैसला कार्यान्वयन गर्न, श्रम निरिक्षण प्रणाली कार्यान्वयन गराउन ,न्याय निरुपण ढिला सुस्ती हटाउन माग गरिने छ। साथै श्रमिकलाई दुख दिने कर्मचारीलाई कार्वाहीकाे दायरामा ल्याउन जाेडदार माग गरिने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *