समाचार

सिरिञ्ज आक्रमणको हल्लाः बनेपामा खास भएको यस्तो पो रहेछ

धुलिखेल जाने क्रममा सोही बसमा बनेपाकी एक युवतीले आफूलाई अर्की महिलाले सुई हानेको भन्दै विवाद गर्न थालिन्। बनेपामा रोकिएको गाडीमा विवाद हुन लागेपछि खगेन्द्र पाठक बसबाट ओर्लिए।उनी हिँड्नै लाग्दा सुई आक्रमण गरी भाग्न लागेको भन्दै भिडले खगेन्द्रलाई कुटपिट गर्न थाल्यो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

पीडित भनिएकी युवतीले पछि ती युवाले आक्रमण नगरेको प्रहरीलाई बयान दिएपछि बेलुका १० बजे मात्रै प्रहरी हिरासतबाट मुक्त भए।‘प्रहरीले पक्रनेबित्तिकै गल्ती गरेको छैन भनेको थिएँ,’ उनले भने, ‘भिडले कुटपिट गर्न थालेपछि सुरक्षाको लागि प्रहरी समक्ष गएको हुँ।’

स्याङ्जाका खगेन्द्र सोमबार धुलिखेल अस्पतालमा शल्यक्रियापछि भर्ना गरिएका आफन्त भेट्ने हतारोमा थिए।मावि शिक्षक उनी काठमाडौँमा लोकसेवाको लयारीसमेत गर्दै थिए। आरोप लागेकी अर्की महिला पनि स्थानीय विद्यालयमा अध्यापन गर्छिन्।

जिल्ला प्रशासन कार्यालय जाने क्रममा सोही गाडी चढेकी उनलाई ती युवतीले शंकैका आधारमा आरोप लगाएकी थिइन्।
प्रहरीले दुबैलाई पक्राउ गरेको थियो। परीक्षणका लागि टेकु पठाइएकी ती युवतीलाई सुई आक्रमणको आधार पुष्टि नभएपछि प्रहरीले दुबैलाई छाडेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *