कविता:- शुभकामना सङ्घीयतालाई !

+
-

 

 

रचना :- कवि दिल पौडेल

मैले भनें
सबै फूल भाेलि झर्नका लागि हुन्
जिन्दगीका पीडामयी आँसु
कसैलाई गीत गाउनका लागि हुन्
अब तिम्रो आगमनमा
मुदित हुने तिम्रो नयनले
तिमीलाई कसरी कृतज्ञता फर्काउँ?
आम आँखाहरु अमिला छन्
आम मनहरु धमिला छन्
तिमी त उस्तै रङ्गीचङ्गी रहिछौ
अबला धमिलो वर्तमानलाई
रङ व्यर्थ लाग्नेछ
तैपनि तिम्रो मलिन मुहारमा
जून सङ्लियाेस्
अमिलो तिहुनमा नुन पग्लियाेस्
आफूले हिँडेकाे बाटाे बिर्से पनि
चाेट ग्रस्त मनमा स्नेह फैलियाेस्
मेराे कामना यही छ सङ्घीयता तिमीलाई !

साभार (मेराे देशकाे सेल्फी, कविता सङ्ग्रह )