समाचार

पनौती १२ काे बस्ती ब्यवस्थापनमा महत्वकांक्षी याेजना ल्याउने छौ :- पुर्व मन्त्री हुमागाँई

मंसिर २ आइतबार ,२०८१
काभ्रेपलान्चोक । गत असाेज ११ र१२ गतेकाे बाढी पहिराेबाट क्षत विक्षत भएको पनौती नगरपालिका वडा नम्वर १२का नागरिकलाई वैकल्पिक बसाेबासकाे व्यवस्थापन गर्ने विषयमा बहस चलेकाे छ। बाढीले वडा नम्बर १२ का ४ सय घरधुरी नागरिक घरबार बिहिन भएकाे प्रारम्भिक तथ्यांक रहेको बताईएको छ।उनिहरुका निम्ति एकीकृत र ब्यवस्थित बस्ती निर्माणकाे गर्ने उदेश्यका साथ एक सहयोगी संस्थासँग कुरा भइरहेको पुर्व मन्त्री तथा  नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिनु भयो ।

शनिबार कलाँती भूमेडाँडा साना कपसान सहकारी संस्था लिमिटेडले विपदका समयमा आफ्ना पशु- चौपाया गुमाएका कृषकलाई पशुसुरक्षण बापतकाे रकम वितरण कार्यक्रममा बाेल्दै, अध्यक्ष हुमागाँईले काठमाडौ विश्वविद्यालय धुलिखेलकाे प्राविधिक सहयोगमा उक्त महत्त्वकांक्षी योजना अगाडि ल्याउन खाेजिएकाे प्रस्ट्याउनु भयो । उहाँका अनुसार ,` सुरक्षित र ब्यवस्थित आवासकाे लागि धेरै क्षेत्रफलकाे जखिममुक्त क्षेत्रलाई छान्न सकिन्छ । नागरिकलाई मर्का नपर्ने गरि पाँच वर्ष भित्र डाँडालाई सम्याउने लक्ष्य लिइएको छ।´ पटकपटक आउने जस्तो सुकै विपदका बेला पनि आवास क्षेत्र सुरक्षित हुने तरिकाले निर्माण गर्न सकिने उहाँको भनाई थियो ।

अहिलेकाे बाढी पहिराेलाई पनौती १२ ले अबशरकाे रुपमा सदुपयाेग गर्ने हुमागाँईकाे दावी छ। काभ्रेका बनेपा र धुलिखेल नगरपालिकाले पनौतीबाट लैजाने पानी उपभाेग गरिरहेकाे स्मरण गर्दै,` यहाँका स्थानीयले लाभ प्राप्त गर्ने गरि प्रयाेग गर्नु पर्ने उहाँको तर्क रहेको छ। खानी र पानीले भएको क्षति र त्यसबाट उठने कर वडाकाे पुर्ननिर्माणमा प्रयाेग गर्न दिनु पर्ने माग गर्नु भएको थियो ।´

धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्त समितकाे पहलमा काठमाडौ विश्वविद्यालय ,धुलिखेल अस्पताल र पनौती वडा नम्बर १२ बीच दिर्घकालिन सकारात्मक सहमति हुने विषयमा छलफल  भएको पनि अध्यक्ष हुमागाँईले खुलासा गर्नु भएको छ। उक्त समितिकाे  पहलमा पनौती १२ नम्बरका १ हजार घरधुरीलाई निशुल्क स्वास्थ बिमा गरिदिने र काठमाडौ विश्वविद्यालयमा प्रत्येक वर्ष २ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढ्ने ब्यवस्थाप गर्ने सहमति लगभग अन्तिम चरणमा पुगेकाे भन्दै यहाँका स्थानीयले नागरिकता र मतदाता नामावली स्थानान्तरण गर्ने क्रम बढेकाेले यस्ता अबशरबाट लाभ लिन बसाइँसराइ कम गर्न अनुराेध गरनु भएको छ। उहाँले , उक्त सेवा,सुविधा १२ नम्बर वडाका बासिन्दाले मात्रै पाउने बताउनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *