समाचार

ग्यास व्यवसायीको दादागिरी अन्त्य गर्न सरकारले चाल्यो यस्तो अभियान (भिडियोसहित)

फागुन २१, काठमाण्डौ । यतिखेर बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । कमिशन बढाउन उद्योगीहरुले दबाब दिएसँगै बजारमा ग्यास लुकाउन थालिएको छ ।उद्योगीदेखि खुद्रा व्यापारीसम्मले एक अर्काप्रति आरोप प्रत्यारोप गर्दै ग्यासको अभाव सिर्जना गरेका छन् ।

जस्को मार सर्वसाधारण उपभोग्ताले भोग्नु परिरहेको छ ।उद्योगी व्यावसायीले खाना पकाउने ग्यासमा पाउने कमिशनको मूल्य बढाउनु पर्ने माग राख्दै आएपछि बजारमा कालोबजारी सुरु भएको छ । उपभोक्ताले ग्यास नपाएको गुनासो गर्न थालेका छन् । नियमित ग्यास किन्ने गरेको पसलले नै आफ्ना ग्राहकलाई रित्तो हात फर्काएका छन् ।एउटा मात्रै ग्यास सिलिण्डर भएका उपभोक्तालाई त समस्या झन विकराल छ । ग्यास अभाव सृजना गरिएको छ ।

कालोबजारीमार्फत किन्दा पैसा बढि तिर्नुपर्छ । अतिरिक्त ग्यास नराख्नेहरु चिउरा खाएर पेट भर्नुपरेको छ ।उद्योगी र थोक विक्रेताले ग्यासको कमिशन बढाउन आन्दोलन गर्न थालेपछि ग्यासको मूल्य बढ्ने बहानामा खुद्रा व्यापारीहरुले ग्यास लुकाउने गरेका छन् ।

तर, खुद्रा व्यापारीले डिपोले ग्यास नपठाएका कारण उपभोक्तालाई ग्यास दिन नसकेको बहाना बनाएर कालोबजारी गरिरहेका छन् ।उद्योगीले १७ फागुनबाट हडतालका कार्यक्रम सुरु गरी ३० गतेदेखि देशभर ग्यास बिक्री ठप्प पार्ने चेतावनी दिदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *