समाचार

गाेरक्षकाे हाट बजार, अर्गानिक उत्पादनमा जाेड

असाेज २२ मंगलबार ,२०८१
काठमाडौ । विश्व हिन्दु युवा संघ नेपालले सुरु गरेको गाेरक्ष हाट बजारकाे विधिवत् उदघाटन गरिएको छ। काठमाडौकाे बत्तिस पुतली स्थित प्रदर्शनि स्थलमा हाेम ,यज्ञ गरि गुरु गाेरखनाथकाे उपस्थितिमा गाेरक्ष हाटकाे उदघाटन गराइएकाे हो ।

अर्गानिक र नेपाली उत्पादनलाई बजार प्रवर्दन गर्ने उदेश्यले हाट बजार सुरु गरिएको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषि केश जंग शाहले जानकारी दिनु भयो । हाट बजार प्रत्येक हप्ताको शनिवार लाग्ने गरेको छ। बजारमा विभिन्न किसिमका नेपाली सामाग्री विक्रिकक्षमा राख्ने गरिएकाे छ। उक्त बजारमा नेपाली उत्पदन मात्रै विक्री गरिने कार्यरत कर्मचारी बताउँछन् ।

गाेरक्ष प्रा. लि. ले संचालनमा ल्याएको बजारमा गाँजाकाे तेल ,आस्काेट, ब्याग , टाेपी , जुत्ता पाइन्छन् । यस्तै मार्सी चामल , जुम्लाको स्याउ , जौकाे पिठाे , दाल ,गेडागुडी , लाेकल अचार आदि खरिद गर्न सकिन्छ । उपभोक्ताले हाटकाे दिन मात्रै नभई अन्य दिन पनि गाेरक्ष मार्टबाट सामान खरिद गर्न सक्ने ब्यवस्थापक पक्षले जानकारी गराएको छ।

अर्गानिक बस्तु र नेपाली उत्पादन ,संस्कृति र परम्पराकाे उपभाेग गराउने उदेश्यले प्रेरित उक्त संस्थाले नेपाली उत्पादन उपभाेग गर्नाले नेपाली पैसा बाहिर जानबाट राेकिन सहयोग पुग्ने र स्वास्थ राम्रो हुने विश्वास लिइएको छ। संस्थाले नेपाली कफि पिउन पाइने क्याफे संचालन गरेको छ। साथै मिटिङ हल ,विवाह, ब्रतवन्ध तथा अन्य समारोहमा भाेज भत्तेर गर्न सकिने गरि सेवा संचालन गरेकाे अध्यक्ष शाहले टुकी नेटवर्कलाई जानकारी दिनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *