समाचार
सहकारी ठगिमा धनराजलाई छानबिनकाे दायरामा ल्याउन सिफारिस

साेमवार, ३१ भाद्र
काठमाडौ । नेपाली काङ्ग्रेसका उपसभापति तथा निवर्तमान कानुन मन्त्री धनराज गुरुङलाई सहकारी ठगिमा छानवीन गर्न सिफारिस गरिएको छ। सहकारी सम्बन्धि संसदीय छानबिन समितिले उजुरीका आधारमा उनी माथि छानबिन गर्ने सिफारिस गरेको हो ।
गुरुङ माथि ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड रुपैयाँ अपचलन गरेको आराेप छ। उक्त सहकारीमा उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको कागजातहरूले देखाएको निष्कर्षसहित समितिले राज्यका निकायलाई छानविन गर्न पत्र लेखेकाे हो ।
उपसभापति गुरुङले श्रीमती ज्याेति गुरुङसँग सम्बन्ध विच्छेद गरिसकेकाेले उनले कहाँ के गरिन आफुलाई थाहा नभएको तर्क गरेका छन् । संचालक समिति सदस्यले नै संसदीय छानबिन समितिमा उजुरी दिएपछि प्रारम्भिक छानबिन गरेको बताइएकाे छ।
समितिले गरेको अनुगमन, जुटाएको प्रमाण र उनिहरुकाे नक्कली डिभाेर्ष पत्रकाे अध्यायनबाट गुरुङलाई छानबिनकाे दायरामा ल्याउनु पर्ने निष्कर्ष निकालिएको श्राेतले बताएको छ।
सहकारी अपचलन सम्बन्धमा समितिले तयार पारेको प्रतिववेदन आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुँदैछ ।

