समाचार

कुत्तालमा निर्मित छोर्तेनलाई लो परिवार बाट बुद्ध मुर्ति हस्तान्तरण ।

पुस २२ साेमबार,२०८१

धुलिखेल – धुलिखेल नगरपालिका वडा न ३ कुत्तालमा निर्मित सम्बोधी छोर्तेन गुम्बा निर्माण समिती लाई बुद्धको मुर्ती हस्तान्तरण गरिएको छ ।

वडा अध्यक्ष गणेश आचार्यको प्रमुख आथित्यतामा वडा सदस्यहरु स्थानीय महानुभावहरुको उपस्थितिमा निर्माणाधीन छोर्तेनको लागि धुलिखेल ५ निवासी तिलक लो तामाङको अगुवाइमा खरिद गरिएको बुद्ध मुर्ती उहाँको बुवा कृष्ण बहादुर लो तामाङ सहित परिवारको सदस्य हरुवाट शनिबार सम्वोधी छोर्तेन गुम्वा संरक्षण समिति लाई बुद्ध मुर्ति हस्तान्तरण गरिएको थियो । छोर्तेन निर्माण अभियानता कुमार सि तामाङको अनुरोधमा लो परिवारले बुद्ध मुर्ति ब्यवस्था गरि सहयोग गर्नु भएको थियो । बुद्ध मुर्ति खरिदको लागि सहयोग गर्नुहुने लो परिवारकि छोरि चर्चित गायिका सुमिना लो, छोराहरु बुद्ध मान स्याङ्तान, भोजराज लो,गणेश थिङ लामा, दिल माया लामा लक्षिण दरि लो, कृष्ण बहादुर लामा बिष्णु माया थिङ, छली माया लामा ज्ञान बहादुर थिङ लगायतको सहयोगमा बुद्ध मुर्ती हस्तान्तरण गर्न सफल भएको तिलक लोको बुबा कृष्ण बहादुर लो ले बताए ।

कुमार जिको अभियानमा छोराले परिवार मिलेर सहयोग गरौ भने हामी परिवार सल्लाह गरेर छोरो बिदेश जापान भए पनि हामी लो परिवार सबै कुत्तालमै पुगेर बुद्ध मुर्ती लामा विधि पूरा गरेर सहयोग गरिएको लामाले बताए । यो छोर्तेन निर्माण प्रक्रियामा सहयोगी मनको धनी लो परिवार प्रती छोर्तेन निर्माण अभियानता कुमार सि तामाङले धन्यवाद सहित हार्दिक आभार व्यक्त गरे । सबै सहयोगी मन हरुको सहयोग बाट छोर्तेन निर्माण गर्न सफलता मिलेको तामाङले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *