घटना , प्रतिघटना बिच अबको बङ्गलादेशि बाटो

+
-

 

रामेश्वर आचार्य , साउन २३

ढाकाका ढोकाहरु खोलेर जब एउटा बिद्रोह राजधानी पस्यो तब सत्ता र शक्तिको पगरी खुस्कियो । अनि पलायन भयो एक पक्ष र फेरि अर्को पक्षको रिहाइ भयो । मध्यस्थतामा रहेको सेना जनता र दलहरुको बीचको समन्वयकर्ता जस्तो देखिन्थ्यो जुन उसका भुमिका र क्रियाकलापहरुले पुष्टि गरेको छ ।केही समय अघिबाट भड्किएको बङ्गलादेशि हिँसा र त्यहाँको एउटा सत्ता ढलेको दृश्य हो यो ।

राजनीतिक दाउपेच , एजेन्डाका नामका अराजकता र सतह अनि आसन बीचको दुरिले निम्त्याएको दुर्घटना जसले बिभाजित राजनीतिलाई नयाँ परिस्थितिको परिणामबाट अघि बढाईरहेको छ । बिगतका पटक-पटकका सैनिक कु र दलगत तथा नेतागत खिचातानीमा रुमलिएको बङ्गलादेशि राजनीति यतिबेला हसिना कर्नरबाट खालिदा कर्नरसम्म लम्किने देखिन्छ । यदि त्यस्तो मात्रै हो भने हजारौंको बलिदान र सयौंको सहादत के का लागि ?

प्रथमतः हाल बङ्गलादेशको सत्तामा रहेको हसिना पक्ष र जातीय राजनीतिको पृष्ठभूमिबाट आएको खालिदा पक्षको राजनीतिक दाउपेचले त्यहाको राजनीतिलाई “क्याट फाईट” को सँघारमा पुर्याएको पाइन्छ । बिकास , व्यवस्था र बिधिलाई बिस्तारै बिसर्जनतर्फ लैजाने कार्यमा दुबै पक्षको  पौठाजोरि त्यहाको राजनीतिक प्रवृत्ति जस्तै बन्न पुगेको देखिन्छ । जसको फाईदा उठाउदै पटकपटक सैनिक कु भएको देखिन्छ ।

पछिल्लो पटक विकासनिर्माण , उत्पादन बृद्दि र विकास उन्मुख राज्य स्तरतामा हसिना नेतृत्वले खेलेको भुमिका ठिकै भएपनि सत्ता सन्चालनमा देखिएको निरङ्कुशता , असमानता तथा राजनीतिक अधिकार माथिको सिमितता जस्ता बिषयले बिद्रोहको स्वरुप ग्रहण गरेको हो भन्न सकिन्छ । साथै क्षेत्रीय राजनीतिक  समिकरण , अन्तर्राष्ट्रिय प्रतिनिधित्व र साम्राज्यवादका केही धमिला धर्साले पनि काम त गरेनन् ? यो सन्दर्भ समेत अहिले सोचनिय बन्नपुगेको छ ।

यसैगरि अहिले आरक्षण अराजकताबाट सुरु भएको बिध्यार्थि आन्दोलन माथिको बर्बरता तथा बिषयको गम्भीरता दुबै , परिणामत बङ्गलादेशि सत्ता र राजनीतिले नया मोड लिन बाध्य भएको छ । यसर्थ एउटा घटना , परिणाम र निर्माण भएको नयाँ परिस्थितिलाई आत्मसात गर्दै अबको सहज बाटो तय गर्नु बङ्गलादेशि जनताको लागि महत्त्वपूर्ण बिषय हो । एउटा अराजकताबाट मुक्ति पाउन अर्को अराजकता शरण पर्ने र एउटा ढोङ छोप्न अर्को ढोङ थाप्ने प्रपन्च भन्दा माथि उढेर स्थायित्व , बिकास , समानता र समृद्धिका लागि लाग्नु आवश्यक छ ।

तसर्थ सच्चाईएका बाटा , सुधारिएका पाटा र तय गरिएका बाचालाई अघि बढाउदै कुनै कु र कुनै उ भन्दा माथि जनताको सर्वोच्चता कायम गर्ने र स्वाभिमानका साथ सास फेर्ने अवस्था निर्माण गर्नु बङ्गलादेशको अर्को आवश्यकता हो । जसरि एउटा बाढि पछि बस्ति उजाडिन्छ जसलाई सहि र उपयुक्त व्यवस्थापन  गरि फेरि बसोबास गरिन्छ त्यसरि नै यो राजनीतिक बाढी पस्चात पनि सबैको प्रतिनिधित्व , सहजता र सुलभता सहितको अवस्था निर्माण होस ।