समाचार
कृषिलाई आत्मनिर्भर बनाउन माग राख्दै नुवाकोटका एक युवा अनशनमा

२०८०, बैशाख ७
काठमाडौ । सरकारले कृषिलाई आत्मनिर्भरताकाे बाटाेमा लैजान कृषकलाई सहयोग गर्नु पर्ने माग राख्दै एक युवा आमरण अनशनमा बसेका छन् । बैशाख १ गतेदेखि रत्नपार्क स्थित शान्ति बाटिकामा नुवाकोटका श्रीराम घिमिरे आमरण अनशनमा बसेकाे हुन ।
“कृषिमा अात्मनिर्भर नभई देशकाे विकास र समृद्धि सम्भव छैन” भन्ने नारा सहित अनशनमा बसेका घिमिरेले सरकार समक्ष ५ बुँदे माग राखेका छन् । उनी अनशनमा बसेकाे आज सातौं दिन भएको छ।
घिमिरेले आर्थिक वर्ष २०८०/८१ मा कुल बजेटकाे १० प्रतिशत कृषिमा बजेट विनियोजन गर्नु पर्ने , पूर्व ,पश्चिम नहर निर्माण तत्काल सुरु गरि ,प्रजेक्ट अनुसार ५० लाख सम्म रकम १ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।
उनले उत्पादनकाे आधारमा समर्थन मूल्य निर्धारण गरी मल , विउविजन र कृषि अौजार अनुदानमा उपलब्ध गराउन र अनुदानलाई भूमि र भाडामा यातायातकाे सर्वसुलभता कृषक कार्डकाे व्यवस्था गरियोस् भन्दै सरकार समक्ष माग राखेर अनशन थालेका हुन् ।
सरकारले उनका माग सम्बाेधन नगरेसम्म अनशन निरन्तर रहने घिमिरेले बताएका छन् । उनी नुवाकोट ककनी ३ निवासी हुन् ।

