बिचार/ब्लग
गजलकार विष्टको प्रसिद्धि सार्वजनिक

चैत ,२४ शनिवार
काभ्रेपलान्चोक । काभ्रेली गजलकार सुशिला बिष्टको गजल संग्रह प्रसिद्धि सार्वजनिक भएको छ। शव्दयात्रा प्रकाशनले शनिवार एक कार्यक्रम बीच बिष्टद्वारा लिखित” प्रसिद्धि”नामक गजल संग्रह सार्वजनिक गरेको हो ।
“प्रसिद्धि” गजल संग्रहकाे लेखक ,अनुसन्धानकर्ता तथा साहित्यकार डाक्टर षडानन्द पौडेल र गजलकार बिष्टले संयुक्त रुपमा थैलिकाे पाेकाे खाेलेर सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा अन्वेषक तथा कवि छत्रपति दाहालले प्रसिद्धि कृति माथि समिक्षात्मक मन्तव्य राख्दै साहित्यिक जगतमा यो गजल संग्रहले नयाँ इटा थप्ने काम गरेको बताउनु भयो । गजल संग्रहमा ९६ वटा गजलहरु संग्रहित छन् ।
लेखकले गजलमा समाज र मानव जीवनका उतार चढाव,प्रेम ,संघर्ष आदिका भावहरूलाई सुन्द ढंगले प्रस्तुत गर्नु भएको छ। साेहि कार्यक्रममा कृतिकार बिष्टले केही थान गजल वाचन गर्नु भएको थियो ।

