समाचार

गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा रक्तदान कार्यक्रम सम्पन्न

चैत्र ३ काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), गोरखा–काठमाडौँ सम्पर्क मञ्चले “सचेत नागरिकको आह्वान ! रक्तदान नै जीवन दान ! ” भन्ने मुल नाराका साथ “बृहत् रक्तदान कार्यक्रम– २०८०” सम्पन्न गरेको छ ।

काठमाडौँको नयाँबजारस्थित सगुन क्याफेमा आयोजना गरिएको रक्तदान कार्यक्रममा झन्डै २० जना रक्तदाताले रक्तदान गर्नुभएको बताइएको छ । रक्तदान कार्यक्रममा गण्डकी प्रदेश सम्पर्क कमिटिका अध्यक्ष जगन्नाथ अधिकारी, गण्डकी प्रदेश सम्पर्क कमिटिका सदस्य रमेश परियार, गोरखा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँ, आर्थिक विभाग प्रमुख रञ्जन घिमिरे, आशा के.सी. लगायतका नेता कार्यकर्ताले रक्तदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा चलचित्रकर्मी सङ्घका महासचिव रामशरण कोइरालाले ५८ औँ पटक रक्तदान गर्नुभएको थियो भने गण्डकी सम्पर्क कमिटिका अध्यक्ष जगन्नाथ अधिकारीले ३० औँ पटक रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सम्पर्क कमिटिका सदस्य तथा नेकपा (एस) का केन्द्रीय परिषद् सदस्य जगन्नाथ अधिकारीले गर्नुभएको थियो । उहाँले कार्यक्रमको समुद्घाटन गर्दै रक्तदान साँचो अर्थमा जीवन दान नै भएको बताउनुभएको थियो ।

रक्तदान जस्तो रचनात्मक कार्यमा गोरखा–काठमाडौँ सम्पर्क मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्पर्क मञ्चलाई धन्यवाद र बधाई ज्ञापन गर्नुभएको थियो । यसै गरी रक्तदान कार्यक्रमको औपचारिक कार्यक्रममा केन्द्रीय परिषद् सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटिका सदस्य शर्मिला वन्तले रक्तदान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै सम्पर्क मञ्चलाई रचनात्मक कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो ।

उक्त कार्यक्रममा कार्यक्रमका संयोजक तथा सम्पर्क मञ्चका सदस्य विदुर पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँले अध्यक्षता ग्रहण गर्नुभएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय परिषद् सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटिका सदस्य पिताम्बर सिंखडा, गण्डकी प्रदेश सम्पर्क कमिटिका उपाध्यक्ष सुरेशबाबु अंगाई, सदस्य रमेश परियार, गोरखा–काठमाडौँ सम्पर्क मञ्चका सल्लाहकार तथा अग्रज नेताहरू शालिग्राम कट्टेल, शशीकला पराजुली, श्यामबाबु कट्टेल, रुपा शर्मा कट्टेललगायतका दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *