समाचार
अनसनरत जिसस प्रमुखले ताेड्नु भयो अनशन

फाल्गुन १२ शनिबार
काभ्रे । आमरण अनशनमा बस्नु भएका जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले अनशन ताेडनु भएको छ। आज साँझ सराेकारवाला पक्ष र प्रमुख गौतम बीच द्विपक्षीय सम्झौता भएको हो ।
निर्माण व्यवसायी गौरी–पार्वती निर्माण प्रा.लिका प्रोपाइटर रामकुमार थापा, सडक डिभिजन कार्यालय कार्यालय भक्तपुर, सडक विभागका उपनिर्देशक रामहरि पोख्रेल, संघीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौं सुपरीवेक्षण इन्जिनियर अर्जुन अर्याल लगायतसँग गरिएको छलफलमा पाँच बुँदे सहमतिमा अनशन तोडिएको प्रमुख गौतमले बताउनु भएको छ।
उहाँले निर्माण व्यवसायी तथा सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिसँग फागुन १५ गते भित्र १०० जनशक्ति, ४ स्काभेटर, ७ टिप्परसहित आवश्यक सामग्री व्यवस्था गरेर काम सुरु गर्ने र कामलाई तिव्रता दिने सहमती गर्नु भएको छ । ३ दिनभित्र काम सुरु नगरे तथा काममा तिव्रता नदिए सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गर्न प्रक्रिया अगाडि बढाउने र सो पश्चात् निर्माण कम्पनी उजुर नगर्ने सहमति गरिएको छ ।


