समाचार

बनेपामा युवतीमाथि सिरिन्ज आक्रमण’ , स्थानीयबासीले घेरे प्रहरी चौकी

काठमाडौं : काभ्रेको बनेपामा तनाव भएको छ । युवतीमाथि सिरिन्ज हानेको आरोपमा बनेपाको चारदोबाटोबाट स्थानीयबासीले एकजनलाई समातोर प्रहरीमा बुझाएका छन्। प्रहरीले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरेपछि स्थानी यबासी कारबाहीको माग गर्दै प्रहरी चौकी घेर्न पुगेका छन् । बनेपा बजारमा तनाव भएपछि अहिले ठुलो संख्यामा प्रहरी परिचालित भएको छ। सिरिन्ज हान्ने व्यक्ति पक्रेको थाहा पाएपछि स्थानीयले कारबाही माग गर्दै प्रहरी कार्यालय घेरेका हुन्। त्यही क्रममा प्रहरी र स्थानीयबी चनाव भएको हो ।

बनेपाको चारदोबाटोमा अहिले ठुलो संख्यामा भीड जम्मा भएको छ। सोमबार बसमा सवार र पैदल हिँडिरहेका दुई महिलाले आफूहरुमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए। त्यहीक्रममा स्थानीयबासीले एकजनालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए। तर पक्राउ परेका सापकोटाले आफूले कसैलाई सिरिन्ज नहानेका बताएका छन्। इलाका प्रहरी कार्यालय बनेपाले घटनाको पुष्टि गर्दै एकजनालाई पक्राउ गरी हिरासतमा लिएको जानकारी दिएको छ । हिरासतमा लिइएका पाठकमाथि अनुसन्धान अघि बढाइसकिएको प्रहरीले जनाएको छ । सिरिन्ज हानिएको भनिएका युवतीलाई अहिले स्वास्थ्य जाँचका लागि शिर मेमोरियल अस्पतालमा लगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *