समाचार

बजार नपाएको दुधलाई पाउडर दूध बनाएर बेच्ने तयारी : मन्त्री श्रेष्ठ

फाल्गुन ४ शुक्रबार ,२०८०

काभ्रेपलान्चोक । बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजार नपाएको दुधबाट पाउडर दूध उत्पादन गर्ने तयारी भइरहेको बताउनु भएको छ। काभ्रे कृषि महाेत्सवमा आयाेजित सभामा बाेल्दै मन्त्री श्रेष्ठले किसानकाे दुधले बजार नपाएको अबस्थामा पाउडर दूध बनाएर बजार व्यवस्थिकरण गर्न लागिएको बताउनु भएको हो ।

मन्त्री श्रेष्ठले किसानले रसायनिक मलकाे अभाव खेप्नु परेकाे यथार्थलाई स्विकार गर्दै  रसायनिक मलकाे प्रयाेग कम गरि प्रङ्गारिका मल उत्पादन र प्रयाेगमा जाेड दिन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु गर्न लागिरहेको खुलासा गर्नु भएको छ।

उहाँले भन्नू भयो ,”याे आर्थिक वर्षमा दुग्ध उतपादक किसानलाई  ३० कराेड अनुदान दिएकाे छ । साथै आगामी दिनमा किसान मुखि कार्यक्रम ल्याइने भन्दै  समुदायमा आधारित एक वडा ,एक कृषि उत्पादन कार्यक्रम सुरु भइसकेको जानकारी दिनु भयो ।

मन्त्री श्रेष्ठले बनेपाकाे तिनदाेबाटाे देखि लायकु राजभवन सम्मकाे प्रदर्शनि स्थल तथा कृषि उत्पादनकाे अबलाेकन तथा निरिक्षण गर्नुका साथै किसान , विक्रेता तथा उपभोक्तहरुसँग प्रत्यक्ष संवाद गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *