समाचार

क्षितिज बाेर्डिङ स्कुलले मनायो १७ अौ वार्षिकोत्सब

फाल्गुन २ बुधबार ,२०८०
काभ्रेपलान्चोक । क्षितिज इङ्गलिस बाेर्डिङ स्कुल बनपाले आफ्नो १७ अौ वार्षिकाेत्सव मनाएको छ। बुधबार बनेपा स्थित अरनिको सभाहलमा सरस्वती पुजाकाे अबसर पारेर स्कुलले वार्षिकाेत्सव मनाएकाे हो ।

उक्त समाराेहमा विद्यालयले २०७९ काे एस .इ.इ. परीक्षा पूरा गरेका विद्यार्थीहरुलाई विदाइ ,पुरस्कार वितरण तथा विद्यालयकाे तेस्रो अंक स्मारिका “क्षितिज दीप”  पनि विमाेचन गरेको छ।

बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अग्रज साहित्यकार माेहन दुवालकाे पनि सहभागीता थियो । वार्षिकोत्सब कार्यक्रममा सल्लाहकार समित संचालक समिति , सेयर सदस्य अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुकाे उपस्थित रहेको थियो ।

कार्यक्रममा संस्थापक संरक्षक गाेविन्दलाल प्रधानाङ्गले नैतिक शिक्षा र अध्यात्मिकताले मात्र शिक्षाकाे गुणस्तर बढाउने धारण राख्दै वरिष्ठ साहित्यकार माेहन दुवालकाे कर्मबाट सक्दै अगाडि बढन शिक्षक तथा विद्यार्थीहरुलाई सचेत गराउनु भएकाे थियो भने सल्लाहकार समिति सदस्य लम्वाेधर कायस्थले काभ्रे जिल्लाका बाेडिङ् स्कुलमा शैक्षिक गुणस्तर भएको, नभएको अनुगमन गर्नु पर्ने र विद्यालयले विद्यार्थीकाे स्वस्थमा ध्यान दिएर सेवा प्रवाह गर्न अनुराेध गर्नुभयाे ।

संचालक समितिका तर्फबाट विमला शर्माले धारण राख्दै  व्यवस्थापक, संचालक ,शिक्षक , अभिभावक सबैको साथ र सहयोगले विद्यालयले  अन्तरास्ट्रिय पुरस्कार पाउन सफल भएकोमा खुशि व्यक्त गर्नु भयो साथै अभिभावकहरुले विद्यालयले सुधार गर्नु पर्ने कुरामा सुझाव दिएर रचनात्मक भूमिका खेलिदिन भन्नू भएको छ।  काभ्रे प्याप्सन जिल्ला अध्यक्षले क्षितिज काभ्रेकाे उत्कृष्ट विद्यालय रहेको बताउदै प्रशंसा गर्नु भएको थियो ।उहाँले अभिभावकले क्षितिज स्कुलमा बालबालिका पढाउन छान्नु भएकाे विद्यालय सहि र राम्रो छानेकाेमा धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार माेहन दुवालले कविता वाचन गर्नु भएको थियो भने  विद्यालयका विद्यार्थीहरुले विभिन्न संस्कृतिक प्रस्तुति मार्फत मनाेरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा संचालक समितिका सदस्य हरिगाेपाल प्रधानाङ्गले स्वागत भाषण गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *