समाचार

पहिरोले गोठ पुर्दा सँगै पुरिएकि सीताको परिवारलाई एक लाख राहत हस्तान्तरण

बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले रु एक लाख राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु कृष्णप्रसाद शर्मा ढकालले मृतक’ गौतमका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरेको हो ।

अविरल वर्षाका कारण पहिरोले गोठ पुर्दा भँैसी दुहुँदै गरेकी १७ वर्षीया सीता गौतमको मृत्यु’ भएको थियो । पहिरोले दुई भैँसी तथा एक बाख्रासमेत पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । मृतक परिवारलाई गलकोट नगरपालिकाले क्रिया खर्चवापतको रु २० हजारसमेत उपलब्ध गराउने निर्णय गरेको गलकोट नगरपालिका–८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताउनुभयो ।

मृतकका पिता तोयनाथ गौतमको पहिले नै निधन भएकाले उनका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरिएको हो । मृतक’का तीन दिदीको विवाह भइसकेको र सीता भने अविवाहित रहेको वडाध्यक्ष कँडेलले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *