समाचार

बागमती प्रदेश श्रम,राेजगार तथा यातायात मन्त्रालयले गर्याे सराेकारवालासँग अन्तरक्रिया

माघ २२ साेमवार ,२०८०
काठमाडौ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी प्रशिक्षण केन्द्र, वर्कशप र रिकण्डिशन हाउसका प्रतिनिधिसंग अन्तरक्रिया गरेको छ ।

आइतबार ललितपुरको एकान्तकुना स्थित यातायात कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री  लक्ष्मण लम्साल हुनुहुन्थ्यो । अन्तरक्रियामा सरोकारवालाहरुले पहिलो पटक यस्तो खालको कार्यक्रम आयोजना गरेकोमा मन्त्रालयलाई विशेष धन्यवाद दिएका थिए ।

यातायात ब्यवस्था विभागले जारी गरेको विभिन्न निर्देशिका र विद्यमान अवस्थामा सवारी प्रशिक्षण केन्द्र, वर्कशप र रिकण्डिशन हाउसले खेपिरहेको समस्याका बारे खुल्ला छलफल भएको थियो । दर्ता र नवीकरणमा परिरहेको समस्यालाई जतिसक्दो छिटो हल गरिदिन ब्यवसायीहरुको तर्फबाट सुझाव प्राप्त भएको थियो ।

कार्यक्रममा सरोकारवालाहरुको सुझावलाई गम्भीर रुपमा लिएको भन्दै मन्त्री लम्सालले कानुन कार्यन्वयनको चरणमा आईपर्ने समस्यालाई हल गर्दै जाने बताउनुभयो।

“अन्तरक्रियाबाट आएका सुझावलाई गम्भीरतापूर्वक लिदै  मन्त्रालयले गर्नुपर्ने नीतिगत सुधारमा पहलकदमी लिनेछौ।बनिसकेको कानुन मान्दिन भन्न पाईदैन, कार्यान्वयनको क्रममा समस्या र जटिलता आयो भने समाधान गर्दै जानुपर्छ।” मन्त्री लम्साले भन्नुभयो ।

मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न यातायात ब्यवस्था कार्यालयका प्रमुखहरु समेत सहभागि हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *