समाचार

अग्निपीडितलाई सांसदको साथ

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ चुहानछापका अग्निपीडितलाई सांसद र सरोकारवालाले सहयोग गर्नुभएको छ । पीडितको अवस्था बुझ्न चुहानछाप पुगेका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार, प्रदेश सांसदद्वय अम्बिरबाबु गुरुङ र मोहन खड्का, नेपाली काङ्ग्रेस नेताद्वय रामहरि खतिवडा र बालकृष्ण दाहालले आर्थिक तथा भौतिक सहयोग गर्नुभएको छ ।त्यस्तै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले पनि सहयोग गर्नुभएको पीडितले जनाएका छन् ।उहाँहरुले पीडित परिवारलाई चामल, दाल, नुन, तेल, पानी, सिलिण्डरसहितको ग्यास चुलो, आवास निर्माणका लागि जस्तापाता हस्तान्तरण गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक संस्थाले पनि सहयोग गरिरहेका छन् । विपदको अवस्थामा राहत पाउँदा अग्निपीडितले खुशी व्यक्त गरेका छन् । ‘‘नेताहरुले हामीलाई दुःखमा साथ दिनुभयो असाध्य खुशी छौँ” अग्निपीडित गोविन्द खड्काले भन्नुभयो । केही दिनअघि भएको आगलागीमा सिद्धिचरण नगरपालिका–२ को ठूलाछाप, चुहानछापका नरेन्द्र कार्की, गोविन्द खड्का, सत्यवती कार्कीसहित आठ परिवारको घर गोठ, लत्ता कपडा खाद्यान्नसहितका सामान जलेर नष्ट भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *