भेषराज शाह
आजको युग संचारकाे युग हो । हरेक व्यक्ति सामाजिक संजालबाट टाढा छैन । फेरि नेपालीहरु त काेही पनि सामाजिक संजालबाट टाढा रहन नसक्ने अबस्थामा पुगिसकेका छन् । यसको ज्वलन्त उदाहरण सरकारले लगाएको टिकटक प्रतिबन्धमा विरोधको आवाजलाई मान्न सकिन्छ ।
खास गरि हाम्रो समाज नकारात्मक प्रचारकाे पछाडि दौडिरहेको देखिन्छ । देशमा ,समाजमा घटेका राम्रा घटना भन्दा नराम्रा घटना सामाजिक सन्जालहरुमा प्रचार प्रसार भइरहेका छन् ।अहिलेको समाज नकारात्मक प्रचारकाे होडबाजीमा त छैन ? भनी प्रश्न गर्नु पर्ने भएको छ।
हामीले हाम्रो राष्ट्र ,राष्ट्रियता ,पहिचान र स्वाभिमानलाई नै नराम्रो शैलिमा लिन र सामाजिक संजाल वा संचार माध्यममा राख्न थाल्यौ भने समाजले कसरी धारण गर्छ ? विदेशी र छिमेकीले हेर्ने दृष्टिकोण कस्तो हुन्छ र देशमा के, कस्तो ? असर पर्छ भन्ने कहिले पनि हेक्का राखेका छैन। हामिमा नैतिक शिक्षा र राष्ट्र प्रती सम्मानकाे भावले हेर्ने संस्कार नभएर अपनत्व गुम्दै गएको हो र ?
नेपाली समाजले नयाँ पुस्तालाई कता लैजाँदै छ। युवाहरुले पुर्वीया संस्कार बिर्षदै गएका छन् । आधुनिकताकाे नाममा पश्चिमबाट के सिक्दै छ । हामी सबै नेपालीहरुले सोच्नु पर्ने बेला भएको छ। लोकतन्त्र विश्वकाे सुन्दर व्यवस्था हाे। यसको विकल्प हुन सक्दैन । तर नेपालमा केही समयदेखि लाेकतन्त्रकाे नाममा छाडातन्त्रले प्रशय पाउदै गएको यथार्थ भुल्नु हुदैन ।
नेपालीको आफ्नै सुन्दर पक्ष छ। त्यो चाहे धर्म ,संस्कृति, परम्परा ,प्रकृति ,जातिय सद्भाव आदि किन नहाेस। नेपालमा सम्भावनाकाे खानीहरु थुप्रै छन । धार्मिक कुरालाई हामीले विश्वका सामु चिनाउने काम गर्न सकेनौं । धार्मिक मठ- मन्दिर र पर्यटन हाम्रो चिनारी हुन सक्छ । हालै मात्र धार्मिक वितृष्णा फैलाउदै कु प्रचार गरिएको घटनाहरु बाहिरिएका छन् । लिटल बुद्धकाे नाम पाएका रामकुमार बम्जनलाई पक्राउ गरिएको घटना हाेस या क्िकेटर सन्दिप लामिछानेलाई ८ बर्ष जेल सजाँए गरिएको अदालतकाे फैसला किन नहाेस ,यी सबै घटना नियतवस भएको प्रमाणित हुन्छ।
यो घटनाले कुनै पनि क्षेत्रकाे उदयमान प्रतिभा माथि प्रहार गरिन्छ। र अरुकाे हात बाँधने कि्याकलाप गरि नैतिक र मानसिक रुपमा स्खलित गरिन्छ। यस्तै हामीले राष्ट्र र राष्ट्रियता चिनाउन लागेका संम्भावना बाेकेका व्यक्तित्वहरुकाे गलत प्रचार गरि आफैलाई दाेषी देखाइरहेका छौ ।
त्यसैले सबै नेपालीहरुमा मेरा अनुरोध र अपिल छ। घटना प्रधानता तिर भन्दा यथार्थमा गई नराम्रा भन्दा पनि राम्रा कुराहरु वा सकरात्मक कुराहरुकाे विश्लेषण गर्नु राम्रो मानिन्छ । हाम्रो देशको राष्ट्रियता र स्वाभिमान बढाउने आकर्षक विषय मात्रै प्रचारप्रसार गरौँ नेपाल र नेपालीको भविष्य यसैमा छ । जय हाेस ।
( लेखक:- युवासंघ नेपाल केन्द्रीय सचिव )


