Site icon Tukinetwork.com

बागमती प्रदेशमा गठबन्धनका उमेरद्वार राष्ट्रिय सभामा विजयी

माघ११बिहिवार ,२०८०
काठमाडौं । आज भएको राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका उमेरद्वार विजयी भएका छन् । गठबन्धनका  चारै जना उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मत सहित विजयी हुनु भएको छ । उहाँले  नेकपा (एमाले)का उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गर्नु भएको हो ।

दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित हुनुभएको छ । उहाँले  ६ हजार ५१२ मत प्राप्त गर्नु भएको थियो । प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे।

महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्यमा  सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

Exit mobile version