समाचार
दुई परिवारको काल बन्यो सम्बन्ध विच्छेद
रवीन्द्र काफ्ले–श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ ।
सम्बन्धविच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनाको गत राति वीभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले सङ्घीय प्रहरी एकाइ धरानको टोलीसमेतको प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको बताउनुभयो । गत राति फियाक र शेर्माको घरमा रहेका नौ जनाको वीभत्स हत्या भएको थियो ।



