समाचार

नक्कली भुटानी शरणार्थी काण्डका मुख्य अभियुक्त नछुटने तर न्यायाधीश पाण्डेले दिए खाँडलाई छाेड्ने आदेश ,न्यायाधीश माथि शंका

मंसिर १६ शुक्रबार
काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दाका प्रतिवादीहरु पूर्वमन्त्री टोपबहादुर रायमाझी र बाल कृष्ण खाँड सहित ८ जनालाई पुर्पक्षमा राखि अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौकाे आदेश सदर गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

तर आदेशको पुर्ण पाठमा न्यायाधीश द्वयकाे मत बाझिएको छ। न्यायधिस पाण्डेले बालकृष्ण खाँडलाई ३० लाख धरौटीमा छाेडन आदेश गरेका थिए भने न्यायधिस खरेलले जिल्ला अदालतको आदेशले निर्दाेष नदेखिएकोले उक्त आदेश अनुसार बदर गर्नु पर्ने कुनै कारण नरहेको भन्ने आदेश पेस गरेका थिए।

न्यायाधीशकाे मत बाझिएसँगै उच्च अदालतको आदेश विवादमा तानिएको छ। यसले यो मुद्दा तेस्रो न्यायधिशले हेर्नू पर्नेमा रहेको छ।
केही दिन अधि काङ्ग्रेस सभापति शेर बहादुर देउवाले बाल कृष्ण खाँड छुट्ने भन्दै एक सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिनु भएको थियो । न्यायाधीश पाण्डेको यस्तो अादेश पछि देउवाकाे अभिव्यक्त माथि शंका गर्ने आधार सिर्जना भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *