समाचार
नेतृत्वको कार्यशैली माथि उठेकाे प्रश्न स्वाभाविक हो – मन्त्री खड्का

२०८०मंसिर ८
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले जनतामा देखिएकाे असन्तुष्टि अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताउनु भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर सरकार र दलका नेताहरुकाे काम गर्ने शैलीमाथि रहेको ठाेकुवा गर्नु भएको हो । समयले अनुकुल काम गर्न नसक्दा यस्ता प्रश्न उठने गरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो ,” जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तीव्र गतिमा गर्नुपर्ने सुधारहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ।”



