समाचार
जुफाल विमानस्थल ४ दिनपछि सञ्चालनमा

डोल्पा, २० असार । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो ।
वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज-डोल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि विमान सञ्चालन भएको जुफालस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।
आज समिट एयरले एउटा उडान गरे पनि तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान गरेनन् । समिट एयरलाइन्सले एउटा उडान गरे पनि विमानस्थलमा यात्रुको चाप भने दिनप्रतिदिन बड्दै गएको तारा एयरका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिएका छन् ।
यो पनि पढ्नेहोस्
