वेद प्रसाद खरेल
पुस , ३ । देश आज दिनप्रतिदिन परनिर्भरतामा गुज्रिएको छ। याे सम्पूर्ण नेपालीको लागि चिन्ताजनक विषय हो । हामीले पढदै र सुन्दै आएका छौ। देशले १८ अर्ब आर्थिक काराेवार गर्दा १५ अर्ब आयात र ३ अर्ब निर्यात गरेकाे तथ्यांकले बताउँछ । नेपालीकाे व्यापार घाटा बढदै गरेको छ।
राजनितीक संङक्रणकाे समयमा विभिन्न बहानामा पन्छिएका राजनितीक दलहरु अब जिम्मेवार हुनु पर्ने कि नपर्ने याे प्रश्नकाे जवाफ दिन काेहि तयार छैनन्। के हामिले चाहेर यहि नियति भाेग्नकाे लागि हज्जारौ ब्यक्ति सहिद बनाएका हौ ? आज मुलुकको यहीँ दुर्गति हेर्न २०अौ हजार सहिद भयका हुन् ?
अब पनि हामीले सत्य बोल्ने हिम्मत गर्ने कि नगर्ने ? आज देशका नागरिकले अनागरिक भएर बस्नु परेको तिताे यथार्थ छ। बरु छिमेकी राष्टले संसदबाट नीतिगत निर्णय गराएर लाखौ भारतियले नागरिकता लिएको जगजाहेर छ। देशमा जताततै भ्रष्ट्राचार छ । वडा तह देखि पालिका , प्रदेश र संघमा समेत कार्यकर्तालाई पालन पाेषण गर्ने र भ्रष्टाचारकाे बाटो पहिल्याउन उद्दत गराइरहेका छन । यति सम्मकि समाजमा आएको बिकास निर्माणको काममा समेत लाजै नमानि गूणस्तरहिन काम गरेर दिनदहाडै भ्रष्ट्राचार गरेको उदाहरण धेरै छन् ।
केही समय अगाडि टुकी नेटवर्कमा प्रकाशित समाचारले पनि काम गर्ने बहानामा भ्रष्टाचारकाे बीउ राेपिरहेका जनप्रतिनिधि महानगर भित्र रहेका छन् । यस समाचारको प्रभाबले पनि याे लेखक त्यसै नलेखि बस्न नसक्ने भएको हो ।
प्रजातन्त्र आएको ३० वर्षमा सरकारले के राम्रो र दिर्धकालिन र देशमा राेजगारी सिर्जना हुने महत्त्वपूर्ण काम गरेत ? केही गरेनन् ,। समाजमा सुशासन कायम गर्न सकेन्। संघीयताकाे नाममा देशलाई खर्बौकाे ऋणमा पुर्याइयो । कुनै पनि राष्ट्रिय गौरबका आयोजना तोकियको समयमा संम्पन्न हुन दिईएन । छिमेकी राष्ट्र भारतले सिमाना मिचिरहदा नबाेलिकन टार्ने काम भयो । राष्ट्रिय नीतिहरु बनेनन् । बनेत केबल केही सिमित व्यक्ति धनी हुने र विदेशीलाई पाेष्ने नीति बने ।
अझ भनौ लाेकतन्त्र र गणतन्त्रको नाममा जनताको मतले माननीय बनाएर पठाएको प्रतिनिधि छिमेकी दुताबासका कर्मचारिकाे प्रभाबमा परेर काम गर्ने नसक्ने अबस्थामा छन । नेपालकाे सरकार गठन प्रकृयामा विदेशी चासाे हावि छ । प्रधानमन्त्रि, मन्त्रि, बनाउने खेल बाहिरबाट हुन्छ । मंसिर ४ काे निर्वाचन परिणाम आउन नपाउँदै प्रधानमन्त्री र दलका नेतालाई राजदुतहरुले लाइन लागेर भेटनुले यसकाे राम्रो संकेत मान्न सकिदैन । ओलि सरकारका पालामा पनि विदेशी गुप्तचरसंगकाे भेटघाट र चलखेलकाे पाँसाेमा देशले थिचिनु परेको थियो ।
वन मन्त्रालय नेपालकाे जंगलमा भएको रूख नकाटनाले चाेरी पैठारी बढेको छ। यताका काठ कमिसनकाे खेलमा रातारात भारत पठाईन्छ भने देशमा खपत हुने अर्बौको काठ बिदेशबाट आयात भएको छ। देशमा भएकोे साना तथा मझौला खानि र उघाेगहरु बन्द गरी राजस्व संकलनकाे नाममा छिमेकिकाे सामान खरिद गर्ने प्रथाकाे अन्त हुनु जरुरी छ। आन्तरिक सुरक्षा नीति कमजोर र सिथिल बनाउदै सरकारि अड्डा अदालत बिचौलियले संन्चालन गर्ने काम भएकोमा कसैकाे ध्यान गएकाे छैन्। शिक्षा,स्वास्थ्य ,कृषि वैदेशिक राेजगार आदिमा माफियाको जालो फैलिएको छ त्यसको उचित अनुगमन र कानुनि दायर फराकिलो बनाउने काम अलपत्र छाेडिएकाे छ।
कृषि प्रधान देश भनेर चिनिएको मुलुकमा दाल चामल गेडागुडी र भान्सामा पाक्ने सामान्य तरकारी समेत भारतबाट खर्बौकौ आयात गर्ने परिस्थिति सिर्जना भएकोमा जुन सरकार आए पनि ध्यानाकर्षण हुन सकेको छैन । कृषि मन्त्रालयले असली कृषक चिन्दैन , झुटाे कागज मिलायर बिचौलियासग साठगाठ गर्नेहरुकाे विगविगि छ । देशको भाषा , संकृति ,संम्पदा , मौलिक पहिचानलाई कमजोर र धारासायी पार्ने गरि हिन्दु धर्म र राज्यप्रती प्रहार भईरहेकाे छ। धर्मनिरपेक्ष राज्यको नाममा कृश्चियानिटि बढाउने र यस्तै उपलब्धिलाइ हामिले लाेकतन्त्रकाे उपलब्धि मान्नुपर्ने हो ? हामि आफू मिल्न नसक्ने अनि अर्काले मिलाइदिनुपर्ने हो ? याे हाम्रो कमजोर हो कि विदेशी हस्तक्षेप ?
हामीले मौलिकता,पहिचान,भाषा,धर्म,संकृति सॅम्पदाको जगेर्ना गर्नुका साथसाथै आन्तरिक एकता कायम गर्न चुक्यौ र सामाजिक सद्भाव बिथाेलिदै गरेको भान हुन्छ । प्राकृतिक श्रोत साधनले भरिपूर्ण भैकन पनि भिखारि मागेर देश चलाउन पर्ने बन्यौ ? राष्ट्र निर्माणको मेरूदण्ड मानिने यूबा शक्तिलाई बिदेशिन बाध्य पार्ने र रेमिट्यान्सले देश चलाउने लत बनिसकेको सरकार जनताको आधारभूत आबाश्यकतामा कतै जुटेको देखिदैन ।
आगामी दिनमा पनि गम्भीर विषयमा समिक्षा हुदैन भने मूलुकलाइ सक्षम कहिले बनाउने हो । नत्र हामीले हाम्रो कर्मवीरहरूलाइ अपराधि करार गरौ। यत्ति गरेपछि हामी महान नेपालीकाे दर्जामा पुगिने परिकल्पना नेतृत्वले गरेको हुनसक्छ ।अबकाे हाम्रो राष्ट्रिय गन्तब्य के हो र कहाँ हो ? त्यो प्रष्ट पारौ । एक्काईसौ सताव्दिमा इतिहास रचौ सकिदैन भने इतिहास रच्नेहरूलाइ गालि गरेर मात्रै समस्य समाधान हुने छैन । चेतना भया ।
(खरेल नेकपा माओवादीका युवा नेता तथा पेसाले व्यवसायी हुन ।)


