मंसिर , २८
काठमाडौ । निर्वाचन आयाेगले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम घाेषणा गरेको छ। आज काठमाडौमा पत्रकार सम्मेलन गरि आयाेगले निर्वाचन परिणाम सार्वजनिक गरेको हो ।
आयाेगले मंसिर २९ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४काे दफा ६० बमोजिम कर्तव्य पूरा गरि राष्ट्रपति समक्ष निर्वाचन परिणाम बुझाउने तयारी गरेको छ। मत परिणाम आएको ७ दिन भित्र प्रतिनिघि सभाकाे हकमा राष्ट्र प्रमुख र प्रदेश सभाकाे हकमा प्रदेश प्रमुखलाई बुझाउनु पर्ने प्रावधान रहेको छ।
आयाेगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सार्वजनिक गर्नु भएको परिणाम अनुसार ८६ वटा दर्ता भएका राजनितीक दल मध्ये ७ वटा दल मात्र राष्ट्रिय दल बन्न सफल भएको छ। यस्तै प्रतिनिधि सभामा पुरुष १८४ ,महिला ९१ र प्रदेश सभा सदस्यमा पुरुष ३५० र महिला २०० जना गरि जम्मा ८२५ जना सदस्य निर्वाचित भएको छन ।
पत्रकार सम्मेलनमा बाेल्दै आयुक्त थपलियाले निर्वाचनको समयमा विभिन्न तह र तप्काबाट सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ।उहाँले भन्नुभयो ” निर्वाचनमा सहयोग गर्नु हुने कर्मचारी , सुरक्षाकर्मि , पत्रकार ,शिक्षक नागरिक समाज , स्वयमसेवक , पर्यवेक्षक तथा राजनितीक दलका नेता कार्यकर्ता सबैलाई धन्यवाद छ ।”


