शिर्ष नेताहरुसँगकाे राजनीतिक भेटवार्तामा केसिकाे तिव्रता जसपा अध्यक्ष भट्टराईसँग १ घण्टा ३० मिनेट छलफल

+
-

टुकी संवाददाता , मंसिर,२८ 

काठमाडौं ।  नेपाली  काङग्रेसका नेता एवं नुवाकाेट क्षेत्र न २ बाट नवनि्वार्चित संघिय सांसद अर्जुननर्सिंह केसिले गत २१ गते बुधबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर काेइरालासंग शुभकामना तथा बधाई सहित शिष्टाचार भेटघाट गर्नु भएको थियो ।

मंसिर ४ काे निर्वाचनमा विजयी भए लगत्तै  राजनितीक वृत्तमा सभामुख हुने चर्चा बटुलिरहनु भएका सांसद के.सि. काे भेटघाटलाई चासोका साथ हेरिन थालिएको छ।

दलहरु बिच सरकार गठनको तयारी चलिरहेको बेला के.सि.ले सबै दलका नेताहरूसंग उच्चस्तरीय भेटघाट तथा समसामयिक राजनितिक बिषयमा छलफल गरिरहनु भएको के.सि. काे सचिवालयले बताएको छ।  उच्च नेताहरूलाई निर्वाचनमा विजयी भएको उपलक्ष्यमा बधाई तथ शुभकामना आदन प्रदान गर्ने कार्य निरन्तर छ, तर विषेशत सरकार गठन प्रकृया र समसामयिक  राजनितीक समीक्षा हुने गरेको के.सि. निकट बिद्यार्थी नेता सुरज नेपालले जानकारी दिनु भयो ।

यस्तै के.सि.ले  आईतबार २५ गते नेकपा एमालेका अध्यक्ष केपि शर्मा अेालीकाे निमन्त्रणामा ओलि निवास बालकाेटमा भेटघाट गर्नु भएको थियो ।  नेता के.सि. ले  गठबन्धन दलका शिर्ष नेताहरुसगकाे भेटघाटलाई  पनि तिव्रता दिनु भएकाे छ। एमाले अध्यक्ष ओलिसंगकाे  भेटघाटपछि  के.सि.ले हिजाे माओवादी अध्यक्ष प्रचण्डसग सिहदरवारमा माओवादी  संसदीय दलकाे कार्यालयमा कुराकानी गर्नु भएको थियो ।

  यसरी  दलका शिर्ष नेताहरूलाई भेटघाट तथा शुभकामना दिने सिलसिलामा नेपाली काङ्ग्रेसका  बरिष्ठ नेता रामचन्द्र पाैडेलसंग  हिजो  साँझ पाैडेल निवास बाेहराटारमा भेट  गर्नु भएको थियो ।आज मंगलबार साँझ नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग भेट गर्नु भएको छ।  दुई नेताहरुले  नेपालकाे निजि  निवास काेटेश्वरमा बधाई साटासाट गर्नु भएको थियो ।  साथै निर्वाचनमा गठबन्धन दलहरुकाे भुमिका कस्तो रहेको थियो भन्ने  समिक्षा र राष्टिय राजनितिकाे बारेमा महत्वपुर्ण कुराकानी भएकाे जनाइएको छ।

अध्यक्ष नेपाल र नेता केसिबिच करिब ४५ मिनेट नेपाल निवास काेटेश्वरमा  विभिन्न विषयमा छलफल भएको विद्यार्थी नेता नेपाल पुष्टि गर्नु भएको छ।

राजनितीक दलका शिर्ष नेताहरूलाई भेट्ने सिलसिलमा नेता के.सि.र जनता समाजवादी पार्टिका  अध्यक्ष तथा  पु्र्व प्रधानमन्त्री श्रदेय डा: बावुराम भट्टराई बिच भेटवार्ता भएको छ।

नेता अर्जुन नरसिंह केसी र  डाक्टर भट्टराईकाे भेट भट्टराईको निजि निवास टोखामा अाज बिहान करिव १ घन्टा ३० मिनेट व्यक्तिगत छलफल  भयको केसिकाे सचिवालयले बताएको छ।

भट्टराई संगकाे भेटघाट  लगत्तै टुकी नेटवर्कसंग कुरा गर्दै  के.सि. निकट नेताले  समसामयिक राजनितिक परिस्थिति,  गठबन्धनको निरन्तरता , सरकार गठनको बिषयमा छलफल हुनकाे साथै  शिष्टचार भेटघाट भएकाे  प्रतिकृया दिनुभयो ।