टुकी संवाददाता ,मंसिर २६
काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ मा बाटो निर्माण कार्य भईरहेकाे छ । उक्त बाटाे निर्माणको लागि नगरपालिले बजेट विनियाेजन गरेको थियो ।
आरसिसि ढलान निर्माणाधीन बाटो मापदण्डअनुरूप नबनेकाे पाईएकाे छ। बाटो बनाउदा ढुंगाकाे ग्रावेल माथि रड राख्नु पर्ने र त्यसमाथि गिट्टी ,सिमेन्ट र बालुवाकाे घाेल राखिएकाे हुन्छ तर साे निर्माणाधीन बाटोमा कतै रड नै नराखिएको र कतै पर्याप्त मात्रामा नभएको पाइएकाे हो । तस्बिरमा देखिएको ढलान कार्य भइरहेको स्थलमा भुइँमा रड बिछ्याइएको देखिदैन ।
बाटो निर्माणकार्य प्रती असहमति जनाउँदै सामाजिक संजाल प्रयाेगकर्ता बालकृष्ण श्रेष्ठले लेख्नु भएको छ – ” रड नराखि आरिसिस ढलानकाे नाममा गरिएको याे कार्य सिधा भ्रष्टाचार हो । देखाएर सिधा नखाई जनताको आखामा छाराे हाल्ने काम भयो ।” यस्तै राजेन्द्र खनालले पनि याे सिधा भ्रष्टाचार हो भनी कमेन्ट गर्नु भएको छ ।
यसै विषयमा ६ नम्बर वडाका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष रवि खड्कालाई साेधिएकाे थियो । अध्यक्ष खड्काका अनुसार नगरपालिकाबाट यसरी नै काम गर्नु भन्ने निर्दशन भएको छ । उहाँले भन्नुभयो ” नगरपालिकाबाट इन्जिनियरले यस्तै स्टमेट दिनु भयो र यसै अनुरुप बनाउन भनिएको छ। यसमा हाम्रो वडाकाे कुनै दाेष छैन , यसको जिम्मेवारी नगरपालिकाले लिनु पर्छ ।” अध्यक्ष खड्काकाे भनाइ थियो ।


