मंसिर, २६
काभ्रेपलान्चोक । काभ्रेको महाभारत गाउँपालिकामा देखिएको रेविज राेग नियन्त्रणमा रहेको बताईएकाे छ। दुई हप्ता अगाडि अचानक एउटा कुकुर र दुईवटा गाईकाे मृत्युु भएपछि रेविज हुन सक्ने शंका गरिएको थियो ।
उक्त घटना बाहिरिए लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनस्तरमा राेग नियन्त्रण र राेकथामकाे उपाए अपनाएको थियो । सामाजिक संजाल र विभिन्न संचार माध्यमबाट सुचना र सचेतना कार्यक्रमहरु गरिएको थियो । साथै वडा नम्बर १ र ८ मा विद्यालयका विद्यार्थी ,शिक्षक लगायत स्वयंसेवक र बुद्धिजीवीले जनचेतना ,र्यालि र छलफल अभियान चलाएका थिए।
साे स्थानमा हाल कुनै पनि जनावर बिरामी नभएको र रेविजकाे लक्षण पनि नदेखिएको काभ्रे जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर पुरषाेत्तम सेढाईले जानकारी दिनु भयो । उहाँका अनुसार राेग प्रभावित वडाका लगभग १०० जनालाई रेविज विरुद्धको खाेप दिईसकिएकाे छ । अरु कुनै जनावर बिरामी भएको र थप अरुमा राेगकाे लक्षण देखा परेको छैन । मानिसहरु पनि सुरक्षित रहेको जानकारी पाएका छौ । अझै शंकास्पद व्यक्तिहरुलाइ खाेप लगाइने छ । डाक्टर सेढाईकाे भनाइ थियो ।
यो राेग पूर्णरूपमा नियन्त्रण हुन २/३ महिना लाग्न सक्ने बताउदै ” काेहि कसैलाई रेविजकाे लक्षण देखिएमा र बिरामी पर्न थालेमा तुरुन्त स्वास्थ चौकीमा सम्पर्क गर्न डाक्टर सेढाईले सुझाव दिनु भएको छ ” ।


