समाचार

नवनिर्वाचित सांसदहरुलाई अपाङ्गता भएका व्यक्तिहरुकाे प्रश्न – हामीलाई किन अधिकारबाट बन्चित गरियाे

भूमिकला पौडेल , १३ पुष २०७९
काठमाडौ । नवनिर्वाचित सांसद्हरूलाई अपाङ्गता भएका व्यक्तिहरूले आज एउटै प्रश्न गरे “नवगठित संसदमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व खोइ ?” अर्थात “हाम्रो राजनितिक अधिकार खोइ ?” राजधानी, काठमाडौंमा नेत्रहिन युवा संघ नेपालद्धारा आयोजित एक विशेष समारोहमा अपाङ्गता भएका व्यक्तिहरूको राजनितिक सुनिश्चितता नभइरहेको अवस्थालाई मध्यनजर गर्दै सो सवाल उठाईएको हो ।

समारोहमा नेपाली कांग्रेस, नेकपाएमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतका २६ जना माननिय सांसद्हरूको उपस्थिती रहेको थियो । आयोजित सो समारोहमा सबै दलहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको राजनितिक सहभागिताका लागि निर्णायक भूमिका खेल्न सुझाव दिइएको थियो । साथै , राजनितिक दलका प्रतिनिधीहरूले संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधीत्वको सुनिश्चितता गरेको भएतापनि केही प्राविधिक समस्याका कारण समेट्न नसकिएको जानकारी दिँदै आगामी दिनमा “वा अथवा, तर जस्ता शब्दहरूका कारण परेको यो समस्यालाई नीतिगत रूपमा नै हटाउन व्यवस्था गरी अनिवार्य रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्ने” प्रतिवद्धता व्यक्त गरेका थिए ।

समारोहमा विभिन्न राजनितिक दलका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधीहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । समारोहका सहभागीहरूले देशमा सम्पन्न तिनै तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य सहभागीता रहेको भएतापनि विद्यमान कानुनी केही प्रावधानहरूका कारण सबै अपाङ्गता भएका व्यक्तिहरूले निर्वाचन प्रक्रियामा भाग लिन अवस्था रहेको औंल्याउँदै सिमित कानुनी प्रावधान अर्थात अपाङ्गतामैत्री कानुनी व्यवस्था नहुँदा अझ सक्रिय रूपमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता हुन नसकेको बताएका थिए।

उता दृष्टिविहीनहरूको हकमा भने आफ्नो इच्छाइएको व्यक्तिलाई मतदान सहयोगीको रूपमा राख्न नपाउँदा आफ्नो अधिकारको सदुपयोग गर्न नसकेको बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *