समाचार

नेपाली काङ्ग्रेस काभ्रेले तीन नेतालाई कार्वाहीकाे सिफारिस गर्याे

पुस, २

काभ्रेपलान्चोक ।  नेपाली कांग्रेस काभ्रेले  मंसिर ४ मा सम्पन्न निर्वाचनमा असहयोग गरेका जिल्लाका  तीन जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ। जिल्ला कार्यसमितिकाे  बैठकले केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामा र पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो। 

मंसिर ४ को निर्वाचनमा अन्तर्घात गरी प्रतिनिधि सभाका उम्मेदवार शिव प्रसाद हुमागाईलाई हराउन भूमिका खेलेको आराेप लाग्दै आएको थियो । निर्वाचनमा पार्टीको उम्मेदवार हराउनका लागि भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको जिल्ला कमिटी सदस्य  कृष्ण  माेक्तानले जानकारी दिनु भयो ।

नेपाली काङ्ग्रेस केन्द्रीय कमिटीले निर्वाचनमा अन्तरघात गरि असहयोग गर्ने नेता कार्यकर्ताकाे कार्वाही सिफारिस पठाउन निर्देशन दिएको थियोे । प्रदेशसभातर्फ विजयी उम्मेदवार कन्चनचन्द्र बादेकाे प्रदेश सभा २ मा हुमागाइलाई कम मत झरेको थियो ।  प्रतिनिधिसभाका उम्मेदवार हुमगाईँको कम हुनुको कारणबारे पनि स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *