समाचार
हिजो भएको सवारी दुर्घटना प्रती जिल्ला समन्वय समिति काभ्रे , नेपाली काङ्ग्रेस र नेकपा एमालेद्वारा शाेक विज्ञप्ति जारी

मंसिर, २८
काभ्रेपलान्चोक । काभ्रेको बेथानचाेक गाउँपालिकामा भएको सवारि दुर्घटनामा मृत्यु भएकाहरुमा हार्दिक श्रृद्वान्जलि र घाइतेहरु प्रती स्वास्थ लाभको कामना गर्दै जिल्ला समन्वय समिति काभ्रे , नेपाली काङ्ग्रेस काभ्रे र नेकपा एमाले काभ्रेले शाेक विज्ञप्ति जारि गरेका छन् ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ – “हिजो भएको सवारी दुर्घटनामा सत्र जनाको मृत्यु भएको खबरले काभ्रेपलान्चोक जिल्ला शाेकाकुल र स्तब्ध छ ।घटनामा घाइतेहरूको विभित्र अस्पतालमा उपचार भइरहेको हुदाँ उहाँहरुकाे स्वास्थ लाभको कामना गर्दछु ।”
मृतकका परिवारलाई राहत तथ घाइतेकाे निशुल्क उपचारकाे लागि सम्बन्धित पक्षलाई अनुराेध गर्दै मृतक प्रती श्रृद्वान्जलि र शाेकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलाेस , कामना गर्दछु जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा नवनिर्वाचित प्रदेश सांसद तिर्थ लामाले दिवाङ्गत हुनु भएका महानुभावकाे आत्माकाे चिर शान्तिकाे कामना सहित भावपूर्ण श्रृद्वान्जलि अर्पण गर्दै शाेकाकुल परिवारमा समवेदना प्रकट गर्नु भएको छ।
सभापति लामाले जारी गर्नु भएको विज्ञप्तिमा उद्दारमा सहयोग गर्ने सुरक्षा संयन्त्र लगायत उपचारमा खटिने धन्यवाद छ , साथै सहयोग र राहतको लागि सरकारलाई अपिल गर्दछु भनिएको छ।

यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष अशाेक कुमार बेन्जुले जिल्ला कमिटी सदस्य रामकुमार तामाङ सहित १७ जनाकाे दुखद निधन भएकोमा दुख व्यक्त गर्नु भएको छ। जिल्ला अध्यक्ष बेन्जुले जारि गर्नु भएको विज्ञप्तिमा मृतक प्रती हार्दिक श्रृद्वान्जलि र घाइतेकाे स्वास्थ लाभकाे कामना गरिएको छ । हाम्रो जिल्ला समिति सदस्य कमरेड रामकुमार तामाङकाे दुखद निधनले स्तब्ध पारेको छ । उहाँ प्रती हार्दिक श्रृद्वान्जलि व्यक्त गर्दछौं । विज्ञप्तिमा भनिएको छ ।