समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २३ गते सफलता पूर्वक मनाईने

मंसिर , १९
काभ्रेपलान्चोक । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्य रुपमा सम्पन्न गर्न जिल्ला समन्वय समिति काभ्रेले आव्हान गरेको छ।
आज जिल्ला समन्वय समितिकाे सभा हलमा गरिएको पत्रकार सम्मेलनमा मंसिर ९ गतेदेखि सुरु भएको” सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान” नारा दिइएको १६ दिने अभियान मंसिर २३ गते काभ्रेको धुलिखेलमा समापन कार्यक्रम सफलता पूर्वक गर्ने जानकारी दिईएकाे छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा भनिएको छ – ” लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जिल्ला स्थित सबै स्थानीय तहहरु , सरकारी कार्यालय , गैरसरकारी संघसंस्था र सराेकारवाला निकायहरुकाे सहभागीतामा कार्यक्रम गर्ने निर्णय भएको छ । धुलिखेल खुल्ला खेल मैदानमा गरिने कार्यक्रमलाई बसपार्कबाट सुरु गरि सरस्वती बजार हुदै सांस्कृतिक झाँकि सहित र्यालि गरिने छ । “
अनुमानित जनसहभागिता २० हजार रहने छ । जिल्ला भर १३५ वटा वडाबाट कम्तिमा ५ जना अनिवार्य उपस्थितिकाे लागि आव्हन गरिएको प्रमुख गौतमले बताउनु भयो । माइती नेपालकि अध्यक्ष तथा पूर्व बाग्मति प्रदेश प्रमुख अनुराधा काेइरालाकाे उपस्थितिमा कलाकारहरु मनाेज गजुरेल , पशुपति शर्मा , अस्मिता अधिकारी , आयुषा गौतम आदिकाे चेतना मुलक साँस्कृतिक कार्यक्रम र प्रहशन हुने कुरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिसस प्रमुख गौतमले मंसिर २३ गते हुने कार्यक्रममा १३ वटा पालिकाका संघर्षशिल महिलालाई सम्मान गरिने बताउनु भयो , साथै उक्त कार्यक्रम सफल पार्न संचार क्षेत्रबाट सहयोगकाे अपेक्षा व्यक्त गर्नु भएको छ।
