समाचार
दार्चुलाको सदरमुकाम खलंगामा पहिलोपटक नेपालको आफ्नै बिजुली पुग्यो
काठमाडौँ । भारतको उत्तराखण्डबाट विद्युत आयात गरी आपूर्ति गरिरहेको दार्चुलाको सदरमुकाम खलंगामा पहिलोपटक नेपालको आफ्नै बिजुली पुगेपछि स्थानीइहरु खुशीले हर्षित भएका छन् । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी यो लाइन बुधबारबाट सञ्चालनमा ल्याएसँगै यो सारा नेपालीका लागी नै खुशीको खबर बन्न पुगेको छ । भारतको उत्तराखण्डबाट विद्युत आयात गरी यसअघिका दिनमा काम चलाइएको भएतापनि अब खलंगा नेपालकै विद्युत् प्रणालीमा समेटिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्याइ आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति सुरु गर्नु देशकै ठूलो सफल ता भएको बताएका छन् ।
दार्चुलाको सदरमुकाम खलंगा लगायत प्राधिकरणले उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको परिप्रेक्षमा अब स्वदेशकै बिजुलीले पुग्ने भएको छ । प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत केन्द्रबाट र बलाँच सब स्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।


