समाचार

अबको व्यवस्थापिकासंसदमा सभामुखको उपयुुक्त पात्र नेपाली काङ्ग्रेसका सांसद अर्जुननरसिंह के.सि. मात्र हुनुहुन्छ

मंसिर ,१९

काठमाडौ । देश भरिबाट प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भईसकेकाे छ । सतहत्तर जिल्लाबाट १६५ निर्वाचन क्षेत्रकाे परिणाम आइरहदा केन्द्रमा सरकार कुन पार्टीले बनाउने भन्ने बहस सुरु भएको छ।

यो निर्वाचनमा साविक दलहरु काेहि छुटेनन् । तर केही नयाँ दलको पनि उदय भएको सर्वविधितै छ । पक्का पनि सरकार गठनको लागि सत्ता साझेदार गठबन्धनको मात्रा अपुग हुन्छ । उसले अरु साना दलकाे सहयोगमा सरकारकाे पुर्णता दिनु पर्ने देखिन्छ ।

राजनीति वृत्तमा अबको प्रधानमन्त्री काे हुने र कुन दलकाे हुने भन्ने विभिन्न खाले चर्चा परिचर्चा चलिरहेको छ।स्वभाविक पनि हो सबैका आ आफ्ना दाउ र स्वार्थ बाझिएको छ । नेकपा माओवादी केन्द्रले त नेपाली काङ्ग्रेससंग सत्ता बार्गेनिङकाे कार्ड फ्याक्न पनि भ्याइसकेकाे छ ।   त्यस्तै  पदहरु मध्ये सभामुख  पनि एक जिम्मेवार र महत्त्वपूर्ण पद हो  । यसका लागि उपयुक्त पात्र काे हाेला भन्ने प्रश्न यथावत रहेको देखिन्छ ।

अबको सभामुख को हो ? प्रधानमन्त्रीको खोजीसँगै सभामुखको खोजी सुरू भएको छ । सभामुख जस्तो गरिमामय ओहोदा पाउन धेरै सांसद लालायित छन् । विगतमा अग्निप्रसाद सापकोटा, ओनसरी घर्तीजस्ता नामहरू भागबण्डा र नेताको जोडले सभामुख भए भने दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्वाङ् जस्ता कानुन र संसदीय पद्धति बुझेका जिम्मेवार तथा परिपक्व व्यक्तित्व पनि प्रतिनिधिसभाले पायो ।

विगतमा निहित राजनीतिक स्वार्थको शिकार भएर प्रतिनिधिसभा धेरैपटक भङ्ग गरेका दुःखद घटनाको दुष्परिणाम राजनीतिक अस्थिरता, कर्मचारी संयन्त्रको अराजकता, छाडापन र कर्तब्यच्युत चरित्रले सिंगो मुलुकलाई संकटतिर धकेल्यो । खड्गप्रसाद ओली प्रधानमन्त्री भएको बेला त पाँच महिनाको अन्तरालमा प्रतिनिधिसभा दुईपटक विघटनको अपराधमा परेको थियो ।

दुवैपटक सर्वोच्च अदालतको फैसलाले ब्युँताईदिएको हो । आर्थिक क्षेत्रमा पनि राजनीतिक अस्थिरताको भयानक असर पर्यो । यसबाट आजित भएका जनता र स्वयं राजनीतिक व्यक्तिहरूले पनि विगतका गल्ती अनुभव गरेको अर्थमा संसदले सरकार गठन गर्ने सामथ्र्य राखेसम्म प्रतिनिधिसभा भङ्ग नगर्ने भन्ने प्रावधान वर्तमान संविधानमा राखिएको हो ।

अबको प्रतिनिधिसभा त्यसरी चल्न सक्दैन । सभामुख प्रतिपक्षको हुने व्यवस्था छ । सत्तापक्षबाट कांग्रेसका रमेश लेखक, पूर्णबहादुर खड्का, डा. नारायण खड्का जस्ता व्यक्तित्व आकर्षक लाग्न सक्छन्, तर संसद उनीहरूबाट सम्हाल्न निकै गाह्रो छ । फेरि भौगोलिक सन्तुलनको दृष्टिकोणले पनि एकै क्षेत्रतिर राज्यव्यवस्थाका जिम्मेवारी एकोहोर्याउँन थाल्दा सन्तुलन खल्बलिएर अस्थिरता बढ्ने खतरा त्यति नै छ ।

त्यसैले अन्ततः यो पद काँग्रेसका लोकप्रिय र प्रभावशाली नेता अर्जुननरसिंह के.सी.को जिम्मामा जाला भन्ने सम्भावना बलियो हुँदै गएको देखिन्छ । तर उनीजस्तो सक्रिय राजनीति गर्न चाहने नेता पार्टी राजनीतिबाट हात झिकेर तटस्थ भूमिकाको पदमा बस्न इच्छुक छन् वा छैनन्, यसबारे उनले कुनै कुरा बताएका छैनन् ।

सभामुख पदको लागि हाललाई अर्जुननरसिंह के.सी. भन्दा उपयुक्त व्यक्तित्व सांसदहरूमध्ये कोही पनि देखिएका छैनन् । सभामुख हुने रहर धेरैलाई हुनसक्छ । तर यो रहर पुर्याउने वा इज्जत र आम्दानीको ओहोदा होइन । संसदलाई पूर्णकाल चलाउन र यसको प्रभावकारिता, निर्णायक क्षमता र गरिमा बृद्धि गर्ने हो भने सभामुखको ओहोदामा संसदलाई अभिभावकीय नेतृत्व दिनसक्ने सर्वस्वीकार्य व्यक्तित्व चाहिन्छ ।

प्राध्यापक, अधिवक्ता, संसदीय व्यवस्थाका ज्ञाता, द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका, राजनीतिक अनुभवले खारिएको व्यक्तित्वमा पनि के.सी.बाहेक अरू पात्र छैनन् भन्नु अत्युक्ती हुन्न ।

सभामुख चयनमा सांसदहरूले पार्टीगत स्वार्थ नहेरी संसदको गरिमा, प्रभावकारिता र सरकारलाई सही बाटोमा लगाउन सक्षम बनाउन वातावरणको लागि योग्य सभामुखको चयन गर्ने जिम्मेवारी आएको छ । सभामुखको चयनबाट नै प्रतिनिधिसभाको प्रभावकारिता र यसको भविष्यको आंकलन गर्न सकिन्छ ।

तसर्थ समयकाे माग अनुसार र  आगामी दिनमा सदन व्यवस्थापनकाे लागि उपयुुक्त पात्र नेता तथा नवनिर्वाचित सांसद के.सि. बाहेक काेहि देखिदैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *