समाचार

गच्छदार बचाउकाे माग गर्दै कांग्रेसद्वारा संसद अवरोध

काठमाडौैं / प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध गरेको छ । ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरोध गरेको हाे । नेपाली कांग्रेसका सांसदहरू उभिएर अवरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकाेटाले बैठक स्थगित गर्नु भएकाे छ । अख्तियारले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *