समाचार
सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीको अग्रता

आशिश कुमार यादव ,मंसिर १४
सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । याे क्षेत्र सरकारका प्रवक्ता समेत रहनु भएका सुचान तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्र हो ।
सुनसरी ४ मा केही दिन अगाडि निर्वाचन अधिकृतकाे कमजोरीका कारण मत गणना राेकिएकाे थियो ।
निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २६ हजार ५६३ मत र नेकपा एमालेका जगदीश प्रसाद कुसियैले २६ हजार २३५ मत प्राप्त गर्नु भएको छ।
हालको मत गणना परिणाम अनुसार कार्कीले ३२८ मतले अग्रता लिईरहनु भएको छ।

