समाचार
मंसिर ४ र ५ गते सार्वजनिक विदा – गृहमन्त्रालय

काठमाडौं , २९ कार्तिक
आगामी निर्वाचनलाई मध्यनजर गर्दै सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ। मतदान स्थल रहेका शिक्षण संस्था / विद्यालयहरु भने मंसिर २ गते देखि नै बन्द हुने गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पाेखरेलले जारी गरेको सूचना अनुसार सरकारी कार्यालय र संस्थानहरु ४/५ गते बन्द हुने बताइएको छ।
मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि सरकारले शिक्षक र कर्मचारीहरुलाई खटाइसकेकाे छ।