समाचार

प्रधानमन्त्री देउवाले ओलिलाई गरे प्रश्न भाषण गरेर भूमि फिर्ता आउँछ

काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवाले एमाले अध्यक्ष केपि ओलिले दार्चुला पुगेर भाषण गरेकाे भरमा लिम्पियाधुरा फिर्ता नआउने बताउनु भएको छ।

आज डडेल्धुरामा आयोजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्रि देउवाले दार्चुला पुगेर बाेल्दैमा जमिन कसरी फिर्ता आउँछ ?भनी प्रश्न गर्नु भएको छ । प्रधानमन्त्रि देउवाले राजनीतिक र कुटनैतिक छलफलबाट भूमि फिर्ता गर्न पहल गरिने बताउनु भयो ।

चीनसंग पनि सिमा विवाद छ ,त्यसलाई कुटनितिक पहलकै आधारमा समाधान गरिने प्रधानमन्त्रि देउवाको भनाई थियो ।उहाँले भन्नू भयो ” सुदुरपश्चिमका जिल्लामा नेपाली भूमिबारे आफुलाई राम्ररी जानकारी छ , नक्सा सीमा सम्झौताका आधारमा वार्ता गरिने र भूमि फिर्ता गरिने छ “।

नेकपा एमालेका अध्यक्ष ओलिले हिजो दार्चुलाकाे खलंगामा चुनावी सभालाई सम्बाेधन गर्दै चुच्चे नक्सा अनुसारको जमिन फिर्ता गरिने बताउनु भएको थियो । काङ्ग्रेसकाे कार्यक्रममा डडेलधुरा पुग्नु भएका देउवाले त्यसकाे प्रतिउत्तरमा ओलि माथि प्रश्न गर्नु भएको हो ।

शिक्षामा सुधार गर्न मेडिकल कलेज र प्राविधिक शिक्षामा जाेड दिने , पश्चिमीसेती , विमानस्थल , ग्रामीण सडक स्तराेन्नति , कालाेपत्रे गरिने ,खानेपानी ,विद्यालय र सिंचाइ जस्ता विकासका कुरामा अगाडि बढिसकेको देउवाकाे भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *