समाचार

सन्दिप लामिछानेले पाए सफाइ

काठमाडौं । काठमाडौ जिल्ला अदालतले ८ वर्ष सजाय ठहर गरेको बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाउनु भएको छ।

बुधबार उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिएको हो । जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपले उक्त मुद्दामा सफाइ पाउनु भएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनु पर्ने कारण फैसलाकाे पूर्णपाठमा आउने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *