समाचार
राप्रपाको घाेषणापत्र सार्वजनिक , राजतन्त्र पुनःस्थापना गरिने
काठमाडौं,
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी घाेषणापत्र सार्वजनिक गरेको छ। राप्रपा नेपालकाे घाेषणापत्रमा गणतन्त्र खारेज गरि राजतन्त्र स्थापना गर्ने उल्लेख गरिएको छ।
राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल , पशुपति शमशेर राणा र प्रकाश चन्द्र लाेहनिले संयुक्तरूपमा साेमबार सार्वजनिक गर्नु भएको घाेषणा पत्रमा याे गणतान्त्रिक व्यवस्था हटाउने र अभिभावकीय भूमिकामा राजतन्त्रलाई पूनस्थापना गरिने भनिएको छ।
घाेषणापत्रमा भनिएकाे छ ” राष्टपतिय संस्था , प्रदेश र धर्मनिरपेक्षता खारेज गरिने छ “। साथै शिक्षा ,स्वास्थ ,राेजगारिकाे ग्यारेन्टी गरिने पनि उल्लेख गरिएको छ। केन्द्रीय सरकारलाई बलियो बनाउने , स्थानीय तहलाई स्वतन्त्र राख्दै पुर्ण समानुपातिक प्रणालि लागू गरिने छ । घाेषणापत्रमा लेखिएको छ।
नेपालकाे संविधान २०७४ मा राष्टपतिलाई नेपालकाे संविधान संरक्षक मानिएकाे छ । तर राप्रपाले घाेषणापत्र मार्फत राष्टपति संस्था खारेज गर्ने प्रतिबद्ता जनाएको छ।

