समाचार

यौनपीडकविरुद्ध मुद्दा

विदुर / नुवाकोट प्रहरीले बालिकालाई यौन दुव्र्यवहार र जबर्जस्ती करणीविरुद्ध तीन पीडकलाई मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । विदुर नगरपालिका बस्ने बालिकालाई यही फागुन २५ गते एक्लै आफ्नै घरमा खेलिरहेको अवस्थामा सोही ठाउँका १३ वर्षीय किशोरले करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै फागुन २० गते नगरपालिकाकै बालिकालाई सोही ठाउँका छिमेकी ५१ वर्षीय कृष्णबहादुर नगरकोटीले बालिकाको अभिभावक नभएको समयमा जबर्जस्ती यौन दुव्र्यवहार गरी बालिकालाई पीडा दिएको भन्दै पीडित पक्षले प्रहरीमा फागुन २४ गते उजुरी दिएको छ । सोही दिन जबर्जस्ती यौन दुव्र्यवहारको प्रयासमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

त्यस्तै नगरपालिकाकी एक बालिकालाई म्यागङ गाउँपालिका–५ घर भई हाल विदुर–२ बस्ने ३४ वर्षीय राजु विकले बालिकाको घर नजीकमा रङ लगाउन जाँदा अभिभावकसँग नजीक बनी अर्को दिन बालिकाको अभिभावक नभएको मौकामा फागुन ११ गते जबर्जस्तीको प्रयास गरेको अभियोगमा परेको उजुरीपछि जबर्जस्ती यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *