समाचार
सुत्केरी छोरीको मृत्यु भएपछि निसाका बा ले रुदै भने – हामी जस्ता सोझा साझाले न्याय पाइएला र ?
पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भए पछि आफन्तले आज नाराबाजी गरेका छन् । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको थियो । अस्पताल र डाक्टरको लापरबाहीले नै आफ्नी दीदीको ज्यान गएको निसालाइ कुर्न बसेकी उनकी बहिनिले बताएकी छन् ।
सुत्केरी व्याथा लागे पछि बिहीबार बिहान निशा अस्पताल आएकी र बिहीबार साझँ बच्चा जन्माएको उनका भाई बसन्त थापाले जानकारी दिए । सुत्केरी भएपछि अत्याधि रक्तसाब्र भएको उनले बताए । उनले रक्तसाब्र भएपछि रगत नबक्ने औषधी गर्नु पर्ने थियो तर डाक्टरले औषधी नगरी अप्रेसन गरेका कारण दिदीको ज्यान गएको बताए ।
नमल डेलिभरी भएपछि अत्याधि रक्तसाब्र भएपछि अस्तालले जनाएको छ । निशाका आफ्न्त र छिमेकीले चिकित्सकको लापरबाहीले निशाको मृत्यु भएको भन्दै छानबिन गरेर दोषीलाई कारबाही र पिडितलाई क्षतिपुर्ति सहित न्याय दिलाउन माग गरेका छन् ।
मृतक निसाका श्रीमान केही समय पहिले विदेश गएका छन् । उनका नौ बर्षिया छोरा छन् । घरमा दृश्टी बिहिन ससुरा रहेको आफ्न्तले बताएका छन् ।

