समाचार

गठबंधनको तर्फबाट धुलिखेलमा घरदैलो अभियान, मत माग्दै उमेद्वार लम्साल

बनेपा ,

संयुत्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटीको पुर्व निर्धारित कार्यक्रम अनुसार  गठबंधन दलका साझा उम्मेदवारहरु जनताको घर घरमा पुगेका हुन।

आज कार्तिक १ गतेबाट सुरु भएको अभियानमा स्थानिय नेता, कार्यकर्ता र मतदाताहरुसंग भेटघाट तथा परिचय गरिएको छ। धुलिखेल नगरपालिकाबाट अभिनय सुरु गरिएको छ।

निर्वाचन परिचालन कमिटीको निर्धारित कार्यक्रम अनुसार काभ्रे २ प्रदेशसभा १ गठबंधन दलका साझा उम्मेदवार लक्ष्मण लम्साल धुलिखेल नगरपालिकाको ६ र ७ नम्बर वडामा मत माग्न  पुग्नुभएको थियो।  वडा नम्बर ६ र ७ का जनताहरुले युवा नेता लम्साललाई भब्य स्वागत गरेका थिए।

उमेद्वार लम्सालले मतदाता माझ मत दिनुहोस् भनिरहँदा स्थानीय खुसी र उत्साही देखिएका थिए। २०७४ को निर्वाचनमा उनै लम्साललाई मतदान गरेका मतदाताले पुनः उनलाई  उमेद्वार देख्न पाउँदा खुसी लागेको स्थानीयहरु बताउँछन्।


धुलिखेल नगरपालिकाको ६ र ७ नम्बर वडा उनै लम्सालको निर्वाचन क्षेत्रमा पर्छ। अघिल्लो निर्वाचनमा विजयी भएपछि लम्सालले प्रदेश सरकारको सहयोगमा थुप्रै योजनाहरु भित्र्याउनु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *