समाचार
‘गुन्डा नाइके’ गणेश लामा जेल चलान

काठमाडौँ, २६ चैत । हतियारसहित पक्राउ परेका ‘गुन्डा नाइके’ गणेश लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको इजलासले पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन् । लामा गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका थिए । आदेशपछि उनलाई डिल्लीबजार कारागारमा लगिएको प्रहरीले जनाएको छ ।


