समाचार
नेकपा एसले प्रतिनिधि सभामा २५ सिट पाउने निश्चित

टुकी संवाददाता
काठमाडौं/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा( एकीकृत समाजवादी)ले २५ सिट प्राप्त गर्ने प्रायः निश्चित भएको छ। गठबन्धन दलको बैठकमा शीर्ष नेताहरुबीच भएको छलफलले अन्तिम निष्कर्ष निकाल्दै समाजवादीले २५ निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउने टुङ्गो लगाएको हो।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल रौतहट १बाट , वरिष्ठ नेता झलनाथ खनाल इलाम १, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर २ र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ निर्वाचन क्षेत्र १ बाट चुनाव लड्ने समाचार बाहिर आएको छ।
पर्यटनमन्त्री जिबराम श्रेष्ठ काठमाडौं ८, किसान श्रेष्ठ ४ नम्बर क्षेत्र बारा , कृष्णलाल महर्जन ललितपुर-२ पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई मकवानपुर २ निर्वाचन क्षेत्र परेको छ, र श्री नाथ बराल कास्कीबाट निर्वाचन लड्ने छन।
यस्तै नेतृ रामकुमारी झाँक्रीलाई गुल्मी २बाट पार्टीले उमेरदार उठाउने छ भने शहरी विकास मंत्री मेटमणि चौधरी लाई दाङ क्षेत्र नम्बर १परेको छ। सल्यान, डोल्पा ,दैलेखमा क्रमशः प्रकास ज्वाला, धनबहादुर बुढा र अमर थापा रहेका छन्।
नेता सोमप्रसाद पाण्डे पाल्पा २ , राजु गुरुङ रुपन्देही २,अछाम १ मा शेर बहादुर कुँवर ,डोटीबाट प्रेम आले र बझाङमा भानुभक्त जोशीले निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
